पोखरा – कास्कीका ६४ जनाको परीक्षण गर्दा पोखराका २३ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज गरिएको परीक्षणमा पोखरा महानगरका विभिन्न वडाका महिला पुरुष गरी २३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
यस्तै तनहुँका ६ जनाको परीक्षणमा २ जना, नवलपुरका २५ जनाको परीक्षण गर्दा ५ जना र म्याग्दी जिल्लाका १२ जनाको परीक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
आज पुष्टि भएका ३२ जनासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १७ हजार २ सय ६३ पुगेको छ, जसमा ५६२ सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट २१ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ४ सय ९२ पुगेको छ ।
मंगलबार पनि गण्डकीमा थप कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । मृतक गोरखा जिल्ला भिमसेनथापा गाउँपालिका वडा नं -१ निवासी ७९ वर्षीय वृद्ध रहेका छन् । गत चैत्र २८ गते कोरोना पुष्टि भएर होम आइसोलेसनमा बसेका उनको मृत्यु भएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २०९ पुगेको छ ।


सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला