एजेन्सी। भारतको महाराष्ट्रस्थित एक अस्पतालबाहिर अक्सिजन ग्यास चुहावट भएको छ । चुहावट भएपछि अक्सिजनको अभावमा कम्तिमा २२ जना कोरोना संक्रमितको ज्यान गएको छ ।
ट्यांकबाट अक्सिजन चुहावट हुँदा ३० मिनेट सम्म बिरामीहरुले अक्सिजन पाएका थिएनन्। मृत्यु हुने सबै भेन्टिलेटरमा रहेका कोभिड १९ संक्रमित थिए। उनीहरुलाई निरन्तर रुपमा अक्सिजन दिनुपर्थ्यो।
बुधबार नाशिकमा अवस्थित डा. जाकिर हुसेन एनएमसी अस्पतालबाहिर अक्सिजन चुहावट भएको र चुहावटका कारण कोरोना संक्रमितको ज्यान गएको महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोेपेले बताएका छन् ।
‘यो एउटा दु:खद घटना हो । हामीले पूर्ण विवरण प्राप्त गर्ने प्रयास गरिरहेका छौं’, टोपेले भने, ‘हामीले अनुसन्धान गर्न निर्देशन समेत दिएका छौं र जिम्मेवार व्यक्तिलाई कारबाही गरिने छ ।’
‘नाशिकमा ट्याङ्करको टुटीबाट निकै धेरै अक्सिजन चुहावट भएको छ र यसबाट अस्पतालमा निकै ठूलो प्रभाव पर्ने छ’, उनले भने ।
ट्याङ्करबाट अस्पतालमा पुन: अक्सिजन भर्ने क्रममा चुहावट भएको भारतीय समाचार माध्यमले जनाएका छन् । हाल चुहावटलाई नियन्त्रणमा लिइसकिएको बताइएको छ । चुहावट भएपछि झण्डै ३० मिनेटसम्म अक्सिजनको आपूर्ति बन्द हुन पुगेको थियो ।
तर एएनआईको ट्विटरमा राखिएको भिडियोमा अस्पतालमा प्रयोग गर्ने अक्सिजन वरपरको क्षेत्रमा फैलिरहेको देख्न सकिन्छ ।
अक्सिजन चुहावट भएका बेला एनएमसी अस्पतालमा झण्डै १७१ जना बिरामी रहेको समेत समाचारमा उल्लेख गरिएको छ । यही भएर ज्यान गुमाउनेको संख्या बढ्न सक्ने बताइएको छ । महाराष्ट्र सरकारले यो घटनाको अनुसन्धान गरि दोषीलाई कारवाही गर्ने जनाएको छ।
सम्बन्धित खबर
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
ब्राजिलका पूर्वराष्ट्रपतिलाई २७ वर्ष जेल
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सजाय
अस्ट्रेलियामा ट्रकले कारलाई ठक्कर दिँदा नेपाली दम्पती र छोराको मृत्यु
अमेरिकाले सुगर, क्यान्सर र मोटोपना भएका बिरामीलाई भिसा नदिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’