जिल्ला प्रशासन कार्यालय भन्छ – ‘कास्कीमा वैशाखसम्म पढाई बन्द’, पोखरा महानगरपालिका शिक्षा महाशाखा भन्छ – ‘वैशाखमा परीक्षाहरु सिध्याउ ।’ महानगर र प्रशासनको यी दुई विज्ञप्तिका कारण आम नागरिक भने झुक्किए । समाचार सामाग्री मुन्तिर गालीगलौजमै उत्रिए ।
वास्तवमा ‘नियमित पठनपाठन मात्र विद्यालयमा भौतिक उपस्थितिमा नहुने’ भनेको हो । ‘पूर्व निर्धारित परीक्षा स्वास्थ्य मापदण्डसहित वैशाख मसान्तभित्रै सिध्याउ’ भनेको हो ।
जिल्ला प्रशासन कार्यालय कास्कीले नयाँ भेरियन्टको कोभिड १९ महामारी बढ्दै गइरहेको सन्दर्भमा रोकथाम र नियन्त्रणका लागि विभिन्न १७ बुँदे आदेश जारी गरेको छ ।
पढाई सम्बन्धमा १ र २ नम्बर बुँदा हेर्नुहोस्

स्वास्थ्य मापदण्ड अपनाएर महानगरका विद्यालयमा परिक्षा सञ्चालन
पोखरा महानगरपालिकाका विद्यालयमा स्वास्थ्य मापदण्ड अपनाएर परिक्षा सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्की र पोखरा महानगरपालिका शिक्षा महाशाखाको निर्णयसँगै विद्यालयले पूर्व निर्धारण गरिएका विद्यालय सञ्चालन गरिने भएको हो ।
बुधबार पोखरा महानगर शिक्षा शाखाले आधिकारिब वेबसाईटमा विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । शिक्षा शाखाले ७ वटा बुँदा तयार पारेर त्यसलाई अपनाउँदै परिक्षा सञ्चालन गर्न पाउने जनाएको छ ।
हेर्नुहोस्

सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’