जिल्ला प्रशासन कार्यालय भन्छ – ‘कास्कीमा वैशाखसम्म पढाई बन्द’, पोखरा महानगरपालिका शिक्षा महाशाखा भन्छ – ‘वैशाखमा परीक्षाहरु सिध्याउ ।’ महानगर र प्रशासनको यी दुई विज्ञप्तिका कारण आम नागरिक भने झुक्किए । समाचार सामाग्री मुन्तिर गालीगलौजमै उत्रिए ।
वास्तवमा ‘नियमित पठनपाठन मात्र विद्यालयमा भौतिक उपस्थितिमा नहुने’ भनेको हो । ‘पूर्व निर्धारित परीक्षा स्वास्थ्य मापदण्डसहित वैशाख मसान्तभित्रै सिध्याउ’ भनेको हो ।
जिल्ला प्रशासन कार्यालय कास्कीले नयाँ भेरियन्टको कोभिड १९ महामारी बढ्दै गइरहेको सन्दर्भमा रोकथाम र नियन्त्रणका लागि विभिन्न १७ बुँदे आदेश जारी गरेको छ ।
पढाई सम्बन्धमा १ र २ नम्बर बुँदा हेर्नुहोस्

स्वास्थ्य मापदण्ड अपनाएर महानगरका विद्यालयमा परिक्षा सञ्चालन
पोखरा महानगरपालिकाका विद्यालयमा स्वास्थ्य मापदण्ड अपनाएर परिक्षा सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्की र पोखरा महानगरपालिका शिक्षा महाशाखाको निर्णयसँगै विद्यालयले पूर्व निर्धारण गरिएका विद्यालय सञ्चालन गरिने भएको हो ।
बुधबार पोखरा महानगर शिक्षा शाखाले आधिकारिब वेबसाईटमा विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । शिक्षा शाखाले ७ वटा बुँदा तयार पारेर त्यसलाई अपनाउँदै परिक्षा सञ्चालन गर्न पाउने जनाएको छ ।
हेर्नुहोस्

सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?