पोखरा । फेवातालको छेवैमा बनेको संरचना भत्काउन दलबलसहित पुगेको पोखरा महानगरको टोली निरीह बनेर फर्केको छ । वडा प्रहरी कार्यालय बैदाम, नगर प्रहरीको टोलीसहित डोजर लगिएपनि स्थानीयको अवरोधसामु महानगर कमजोर सावित भयो । पर्खाल भत्काउने भनेको महानगरले एक ट्रक ढुंगा लिएर फर्कियो ।
पोखरा महानगरपालिका वडा नं. १८, खपौंदी क्षेत्रको फेवा किनारमा बनेको रिटेनिङ पर्खाल भत्काउन महानगरले शुक्रबार डोजर पठाएको थियो । मेयर मानबहादुर जिसीले प्रशासनसँग सहकार्य गरेर पर्खाल भत्काउन महानगरको विपदद् व्यवस्थापन तथा निरीक्षण महाशाखा प्रमुख, वरिष्ठ कानुन अधिकृत नारायण शर्मालाई बुधबार निर्देशन दिएका थिए । सोहि आदेश अनुसार पूर्वान्ह ११ बजे टोली पुगेको थियो ।
सुरुमै अवरोध गरियो । डोजरले एक दुई डोब सुरु गरिनसक्दै स्थानियहरु जाइलागे । त्यसपछि काम अघि बढ्न सकेन र डोजर फर्कियो । यसबीचमा प्रहरी र स्थानीयबीच झडपकै अवस्था सिर्जना भयो । फेवा संरक्षणमा लागिपरेका नागरिक अगुवाहरुसँग पनि स्थानीय झम्टिए ।
नागरिक समाज पोखराका संस्थापक संयोजक रामबहादुर पौडेल लगायत सक्रिय रुपमा फेवा मास्ने कार्यको विरोधमा उत्रिँदै आएका छन् । शुक्रबार पनि नागरिक अगुवाको टोली, पत्रकारहरुको टोली घटनास्थलमै थिए । विवादलाई मध्यनजर गर्दै ठूलो मात्रामा सुरक्षाकर्मी समेत परिचालन गरिएको थियो । स्थानीयले भने लालपूर्जा भएको जग्गामा आफूहरुले जे पनि गर्न पाउनुपर्ने बताउँदै आएको छ ।
महानगरका अधिकारी भने अब फेरि बैठक बसेर निर्णय गरी अघि बढ्ने बताउँछ । अहिले फेवातालको ४ किल्ला निर्धारण भइसकेको छ र कति मिटरसम्म संरचना बनाउन पाउने ? भन्ने मापदण्ड तोक्ने प्रक्रियामा छ । फेवाताल किनारबाट ६५ मिटर दुरीसम्म कुनै संरचना बनाउन नपाइने नियम छ । फेवातालको चार किल्ला पूर्वमा ड्यामसाइड, पश्चिममा मोरेबगर, उत्तरमा खपौंदी–चंखपुरबीचको दम्किलो र दक्षिणमा चिसापानी रानीबन कायम गरिएको छ ।
बाँध मर्मतका लागि भन्दै पानी घटाएको मौका छोप्दै रिटेनिङ पर्खाल लगाउने काम सुरु भएपछि मेयर, उपमेयरसहितको टोलीले गत मंसिर २८ मा पनि डोजर चलाएको थियो । त्यसबेला दर्जन ट्रिप ढुंगा जफत गरिएको पनि थियो । त्यसपछि पनि स्थानीय होटल व्यवसायीले अटेर गर्दै डेढ सय मिटर लामो १ मिटर अग्लो पर्खाल लगाइसकेका हुन् ।
यतिबेलासम्म नागरिक अगुवा, वडा कार्यालयले पटक पटक महानगरको ध्यानाकर्षण गरेपनि टेरपुच्छर लगाएन । सुने नसुनझैं गरेपछि महानगरकै मिलेमतो छ कि ? भनेर पनि आशंका नभएका होइनन् । महानगर जानकार भएपनि मूकदर्शक बन्दा यो आशंकलाई बल पनि पुगेको छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’