एजेन्सी । जापानका प्रधानमन्त्री योशिहिदे सुगाले कोभिड १९ भाइरसको महामारी तीव्र रुपमा फैलिएपछि फेरि पनि संकटकालको घोषणा गरेका छन् । प्रधानममन्त्री सुगाले शुक्रबार जापानको राजधानी टोकियोसहितका क्षेत्रमा फेरि संकटकालको घोषणा गरेको अधिकारीहरूले जानकारी दिएका छन् ।
उनले जापानको राजधानी टोकियो र अरु केही पश्चिमी प्रान्तहरु ओशाका, क्योटो र ह्योगोमा संकटकालको घोषणा गरेका थिए। शुरुका महिनाहरुमा यहाँ यो महामारी फैलिएको थिएन । प्रभावकारी रुपमा जापानमा महामारीको नियन्त्रण भइरहेको बताइएको थियो ।
तर पछिल्लो समयमा कोरोना भाइरसको नयाँ प्रजातिको जीवाणु देखिएपछि भने यहाँ महामारी तिब्र बन्दै गएको बताइएको छ । यो महामारी थप नफैलियोस भन्ने उद्देश्यले यहाँ संकटकाल घोषणा गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।
प्रधानमन्त्री सुगाले अहिले हिजो घोषणा गरेको सङकटकाल आगामी मे ११ सम्म लागु हुने बताइएको छ । यहाँ संकटकालको घोषणा भएपछि बार तथा रेस्टुरेन्टहरूलाई मादक पदार्थ विक्री वितरण नगर्न कडा प्रतिवन्ध लगाइएको छ भने ठूला व्यावसायिक प्रतिष्ठानहरू पनि बन्द हुनेछन् ।
दोस्रो पटक पनि यहाँ संकटकालको घोषणा भएपछि यहाँका मानिसमा थप त्रास फैलिएको बताइएको छ ।
सम्बन्धित खबर
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
भारतीय संगीतकी सुप्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
बलिउडकी दिग्गज गायिका आशा भोसलेलाई हृदयघात, ९२ वर्षीया भोसलेको आईसीयूमा उपचार गरिँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु