पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या डरलाग्दो रुपमा बढेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार पछिल्लो एक हप्तामै संक्रमित संख्या दोब्बरभन्दा बढी भएको छ । सक्रिय संक्रमित पनि धेरै छ ।
यो हप्ता ५ सय ७२ जना संक्रमित भेटिएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् । यस्तै, गण्डकीका ४ जनाको मृत्यु भएको छ ।
२९ चैतदेखि ५ वैशाखमा प्रदेशमा २ सय ५८ संक्रमित भेटिएका थिए । प्रदेशभर अहिले ८ सय ८० जना कोरोना संक्रमित छन् । तीमध्ये ६ सय ३३ अर्थात् ७१.९३ प्रतिशत संक्रमित कास्कीका हुन् ।
प्रदेशमा आइतबारसम्म १७ हजार ७३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये १६ हजार ६४६ जना निको भएको र २११ जनाको मृत्यु भएको छ ।
कास्कीमा सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी भएकाले लकडाउन हुने देखिएको छ । संक्रमण तीव्र भएपछि आइतबार बसेको सीसीएमसीको बैठकले कम्तीमा तीन साता मुलुकभर लकडाउन गर्न सिफारिस गरेको छ । लकडाउनमा नगए सक्रिय संक्रमित रहेका जिल्लामा निषेधाज्ञा जारी गर्न सुझाव दिइएको छ ।
लकडाउन नभएको खण्डमा शहरी क्षेत्रमा ५ सय र अन्य जिल्लामा २ सय सक्रिय संक्रमित पुगे निषेधाज्ञा गर्नुपर्ने सीसीएमसीको सिफारिस छ । उपत्यकामा १ हजार जनाभन्दा बढी सक्रिय संक्रमित पुगे निषेधाज्ञा जारी गर्नुपर्ने प्रस्ताव छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’