काठमाडौं । नियम भनेको नियम नै हो । नियम लगाएपछि त्यसको पालना सबैले गर्नैपर्छ । त्यस्तै भएको छ थाइल्याण्डमा । सरकारले बनाएको नियम प्रधानमन्त्रीले नै तोडेपछि उनलाई जरिवाना लागेको छ ।
थाइ प्रधानमन्त्री जनरल प्रयुत चान ओचालाई मास्क नलगाएको आरोपमा ६ हजार भाट (१९० अमेरिकी डलर) अर्थात् नेपाली २१ हजार बढी जरिवाना गरिएको छ ।
थाइल्याण्डमा कोरोना खोप अभियानका बिषयमा आफ्नै अध्यक्षतामा आह्वान गरिएको बैठकमा प्रधानमन्त्री प्रयुथ चान ओचाले मास्न नलगाएको भन्दै उक्त रकम बराबरको जरिवाना गरिएको हो ।
बैंककका गभर्नर अश्विन क्वांमुआंगका अनुसार प्रधानमन्त्री बिना मास्क बैठकमा सहभागी भएको भन्दै प्रहरीमा उजुरी परेपछि कारबाही गरिएको हो । जबकि तिनै प्रधानमन्त्रीले कोरोना महामारीका बीच मास्क नलगाउने जो कोहीलाई २० हजार भाट जरिवान गर्ने नियम लगाएका थिए ।
थाइल्याण्डमा कोरोनाका कारण हालसम्म ५९ हजार २२५ जना संक्रमित भइसकेका छन् । मंगलबार २ हजार १७९ जना संक्रमित थपिएका छन् । १५ जना मृतक थपिएका छन् ।
हालसम्म १६३ जनाको ज्यान गइसकेको छ । थाइल्याण्डमा अझै २५ हजार ९७३ जना सक्रिय संक्रमित छन् ।
सम्बन्धित खबर
अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
अमेरिकामा जन्मेकै आधारमा नागरिकता दिने कि नदिने ? सर्वोच्चमा यस वर्ष दोस्रोपटक मुद्दा
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
ब्राजिलका पूर्वराष्ट्रपतिलाई २७ वर्ष जेल
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सजाय
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ