पोखरा । गण्डकी प्रदेशको सत्ता ढाल्न विपक्षीहरुलाई हतारो भइरहेका बेला दिनैपिच्छे प्रदेशसभा बैठक स्थगित हुन पुगेको छ ।
विशेष अधिवेशनको पहिलो दिन मात्र मुस्किलले प्रदेशसभा चल्यो । मंगलबार पनि पीसीआर टेस्टको माग गर्दै सत्तापक्ष नेकपा एमालेकै सांसदहरुले सदन अवरुद्ध गरे । बुधबार भने अविश्वास प्रस्तावमाथि मतदान हुने भनिएकोमा सांसद नै सम्पर्कविहीन भएपछि अनिश्चितका लागि स्थगित भएको छ ।
सरकार फेरबदलमा निर्णायक देखिएको राष्ट्रिय जनमोर्चाका एक सांसद अनुपस्थित भएपछि नयाँ टुइस्ट देखा परेको हो । सांसद खिमविक्रम शाहीको मोबाइल दिनभर अफ रह्यो । यद्यपी, शाहीका स्वकीय सचिवले शाही बिरामी परेको भन्दै फेसबुक मार्फत जानकारी गराएका छन् ।

प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
राष्ट्रिय जनमोर्चाले आफ्ना सांसद हराएकाले खोजी गरी पाँउ भन्दै निवेदन दिएपछि गण्डकी प्रदेशको विशेष अधिवेशन अर्काे सूचना नभएसम्मका लागि स्थगन गरिएको छ ।
मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावमा आजै मतदान गराउने गरी कार्यसूची तयार भएको थियो । तर, अविश्वासको पक्षमा मत दिने सांसद नै अनुपस्थिति भएपछि सभामुख नेत्रनाथ अधिकारीले अनिश्चितकालसम्मका लागि विशेष अधिवेशन स्थगित गरेका छन् । सभामुख अधिकारी अविश्वासको प्रस्ताव ल्याउने माओवादी पार्टीबाट बनेका सभामुख हुन् ।
अविश्वासको प्रस्तावमाथि छलफल चलिरहेको बेलामा सभामुख अधिकारीले दिउँसो साढे ४ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए । जनमोर्चाकी सांसद पियारी थापाले दिएको निवेदनपछि बैठक स्थगित भएको प्रदेश सभाका सचिव हरिराज पोखरेलले सूचनामार्फत जनाए । सांसद पियारीले संसदको कारवाही रोक्न माग गर्दै संसद सचिवालयमा निवेदन दिएकी हुन् । त्यसपछि अर्काे बैठक नै नबसी सूचना टाँसेर बैठक स्थगित भएको जानकारी गराइएको छ ।

जनमोर्चा पार्टीको केन्द्रले नै अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको अवस्था हो । अविश्वास प्रस्तावमा भने जनमोर्चाले हस्ताक्षर गरेन ।

जनमोर्चा सांसद खिमविक्रम शाही
२८ जनाको मात्र हस्ताक्षर रहेकोमा तीन सांसद रहेको जनमोर्चाका दुई सांसद पियारी थापा र कृष्ण थापा भने आजको प्रदेशसभा बैठकमा उपस्थित छन् ।
नयाँ सरकार बनाउन वा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार टिकाइराख्न ३१ मत आवश्यक पर्छ । काँग्रेस, माओवादी र जसपा गरी २८ मत मात्र हुन्छ ।
राष्ट्रिय जनमोर्चाको ३ मत सबै खसेमात्रै नयाँ सरकार बन्छ । नत्र, गुरुङ विरुद्ध ल्याइएको अविश्वास प्रस्ताव फेल हुनेछ र सरकार कम्तिमा १ वर्ष अघि बढ्छ ।
मनाङे अनुपस्थित तर मत पृथ्वीसुब्बाकै पक्षमा
यसैबीच, स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे पनि आजको बैठकमा अनुपस्थित रहे । उनले आफू स्वतन्त्र भन्दै राष्ट्रिय जनमोर्चाले जता जस्तो निर्णय गर्छ, त्यसमै उभिने सार्वजनिक अभिव्यक्ति दिएका थिए । तर, श्रोतका अनुसार दीपक मनाङेले पृथ्वीसुब्बा गुरुङकै पक्षमा मत जाहेर गर्नेछन् ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो