गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध परेको अविश्वासको प्रस्तावको छिनोफानो गरिने दिन विशेष अधिवेशनमा अनुपस्थित सांसद खिमविक्रम शाही पोखराको चरक मेमोरियल हस्पिटलमा भर्ना भएको खुलासा भएको छ ।
उनको पार्टी राष्ट्रिय जनमोर्चा भने यसमा बेखबर छ । त्यसैले पार्टी तर्फबाट सांसद पियारी थापाले अपहरणमा परेझैं भाषाशैलीमा प्रदेशसभा सचिवालयमा निवेदन समेत दिएकी थिइन् । तर, पार्टीलाई सूचना नदिइ गायब भएका सांसद शाहीको अहिले चरकमा उपचार भइरहेको छ ।
सत्तापक्ष नेकपा एमालेकै माग बमोजिम हिजो सबै सांसदको स्वाब संकलन गरिएकोमा टेस्ट गर्दा उनको नेगेटिभ आएको बताइन्छ । तर, अस्पताल सुत्रले भने उनलाई कोरोना संक्रमण भएको बताउँछ । उनलाई अक्सिजन नै चढाइएको छ ।
शाहीदेखि आफ्नै पार्टी चकित !
जनमोर्चाले आफ्ना सांसद खीमविक्रम शाहीको अवस्थाका बारेमा केही थाहा नभएको बताएको छ । अब सांसद शाहीमाथि कस्तो कारवाही गर्ने भन्नेबारे केन्द्रको निर्देशन बमोजिम पार्टीले निर्णय गर्ने बताएको छ ।
मुख्यमन्त्री गुरुङ विरुद्ध दर्ता भएको अविश्वास प्रस्तावलाई पास फेल गराउने निर्णायक शक्ति नै जनमोर्चा हो । तीन विपक्षी पार्टीहरु काँग्रेस, माओवादी र जसपाका २८ जना सांसदले हस्ताक्षर गरी दर्ता भएको अविश्वास प्रस्ताव पास हुन ३१ सांसद चाहिन्छ । जनमोर्चाका ३ सहित ठ्याक्कै ३१ हुनेमा एक जना सांसद नै गायब बनिदिएपछि विपक्षीको योजना आज तुहियो । सांसद बोलिसकेर मुख्यमन्त्रीले बोलेर सकेपछि आज नै अविश्वासको प्रस्तावमाथि मतदान गर्ने कार्यतालिका थियो ।
यसैबीच, कोरोनाको समयमा सरकार परिवर्तनको फोहोरी खेलमा लागेकोमा चिन्तामा परेको नेकपा एमालेलाई भने तत्काललाई राहत मिलेको छ । स्वतन्त्र भन्दै आएका सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेले समेत आफ्ना मतदाताको भावनाको सम्मान गर्दै पिएस सरकार विरुद्ध जान नसक्ने भनिरहेको अवस्था र अविश्वासको पक्षमा मतदान गर्ने भनेको पार्टीकै सांसद अनुपस्थित भएपछि आजलाई सरकार ढल्नबाट जोगियो ।
जनमोर्चाका सांसद शाही हराएपछि गण्डकी प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)