पोखरा । राजीव गुरुङ (दीपक मनाङे) गण्डकी प्रदेश सरकारमा युवा तथा खेलकुद मन्त्री बन्दैछन् । मन्त्रीमण्डल विस्तारको पत्र प्रदेश प्रमुखको कार्यालयमा पुगिसकेको छ । उनको केही समयमा सपथ ग्रहणको तयारी भइरहेको छ ।
अहिले यो मन्त्रालय सामाजिक विकास मन्त्रालय मातहत छ । जसको नेतृत्व नरदेवी पुनले गरिरहेकी छिन् । माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएपछि आन्तरिक मामिला मन्त्रालय र कृषि तथा सहकारी मन्त्रालय खाली छ ।
सरकारविरुद्ध अविश्वासको प्रस्ताव संसदमा अड्किरहेकै बेला मुख्यमन्त्रीले मन्त्रीपरिषद बिस्तारको तयारी गरेका हुन् । मनाङेले संसदमा अनुपस्थित भएर सहयोग गरेका हुनाले पुरस्कार स्वरुप मन्त्री बनाउन लागिएको हो । अविश्वास प्रस्तावमाथि मतदानको कार्यक्रम रहेको दिन हिजो संसदमा राजमोका खिमविक्रम शाहीसँगै मनाङे पनि अनुपस्थित थिए । सरकार नै नरहने हो कि ? भन्ने समयमा भएको मन्त्रीपरिषद् विस्तारलाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सत्ता जोगाउने रणनीति अख्तियार गरेको रुपमा हेरिएको छ ।
को हुन् दीपक मनाङे ?
मनाङ क्षेत्र (ख) बाट स्वतन्त्र उमेद्वार बनेर गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित दीपक मनाङेको वास्तविक नाम राजिव गुरुङ हो । विवादित पृष्ठभूमिका भएपनि अहिले उनी जनताको बोली भन्दै हाक्काहाक्की आफ्ना कुरा राख्छन् ।
‘गुण्डा नाइके’ भनेर कुख्यात बनिरहेका बेला उनी मनाङ जिल्लाबाट प्रदेशसभाका लागि उठ्ने भए । तर, नेकपा एमालेले पार्टीबाट टिकट दिँदा बदनाम हुने डरले आफ्ना पार्टीका उम्मेदवारको सट्टामा मनाङेलाई सघाएर जिताएको थियो । बाहिर राम्रो छविले नचिनिएपनि उनलाई मनाङी जनताका प्रिय भए र जितेर प्रदेश सांसद बने ।
त्यसपछि उनी एमाले र माओवादी एकीकृत भएर बनेको पार्टी नेकपामा प्रवेश गरे । नेकपा खारेज भएपछि स्वतन्त्र सांसद भन्दै आएका उनले आफूलाई स्वतन्त्रकै हैसियतमा स्थान दिन प्रदेशसभा सचिवालयमा निवेदनसमेत दिएका थिए । राष्ट्रिय जनमोर्चा मात्र इमान्दार पाएको भन्दै उनले अविश्वास प्रस्तावका सवालमा अब जनमोर्चाले जे गर्छ आफूले त्यही गर्ने बताउँदै आएका थिए । बुधबार भने मनाङका मतदाताले पृथ्वीसुब्बालाई नछाड भनेपछि आफू पिएसकै पक्षमा रहेको बताएका थिए ।
ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा सर्वोच्चले गरेको फैसलाका कारण मनाङेले सपथ लिनबाट समेत बञ्चित हुनुपरेको थियो । निर्वाचन जिते पनि उनले २०७५ माघ १४ सम्म सांसदको हैसियत पाएका थिएनन् । शपथ लिनुअघि नै उनी कारागार चलान भएका थिए । करीब ९ महिनापछि २०७५ पुस ६ गते उनी कारागरमुक्त भएका थिए । त्यसपछि सपथ गरेर मात्र मनाङे २०७६ असार १९ मा तेस्रो पटक नेकपा प्रवेश गरेका थिए ।

मनाङको खेलमा रुची छ । उनी मनाङ मस्र्याङ्दी क्लबसँग आबद्ध छन् । दुई महिना अघि मात्रै बगर भाईखलक भेट्रान्स एट–ए–साईड फुटबल प्रतियोगितामा उनी आफ्नो टीमबाट मैदानमा समेत उत्रेका थिए ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’