पोखरा । राजीव गुरुङ (दीपक मनाङे) गण्डकी प्रदेश सरकारमा युवा तथा खेलकुद मन्त्री बन्दैछन् । मन्त्रीमण्डल विस्तारको पत्र प्रदेश प्रमुखको कार्यालयमा पुगिसकेको छ । उनको केही समयमा सपथ ग्रहणको तयारी भइरहेको छ ।
अहिले यो मन्त्रालय सामाजिक विकास मन्त्रालय मातहत छ । जसको नेतृत्व नरदेवी पुनले गरिरहेकी छिन् । माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएपछि आन्तरिक मामिला मन्त्रालय र कृषि तथा सहकारी मन्त्रालय खाली छ ।
सरकारविरुद्ध अविश्वासको प्रस्ताव संसदमा अड्किरहेकै बेला मुख्यमन्त्रीले मन्त्रीपरिषद बिस्तारको तयारी गरेका हुन् । मनाङेले संसदमा अनुपस्थित भएर सहयोग गरेका हुनाले पुरस्कार स्वरुप मन्त्री बनाउन लागिएको हो । अविश्वास प्रस्तावमाथि मतदानको कार्यक्रम रहेको दिन हिजो संसदमा राजमोका खिमविक्रम शाहीसँगै मनाङे पनि अनुपस्थित थिए । सरकार नै नरहने हो कि ? भन्ने समयमा भएको मन्त्रीपरिषद् विस्तारलाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सत्ता जोगाउने रणनीति अख्तियार गरेको रुपमा हेरिएको छ ।
को हुन् दीपक मनाङे ?
मनाङ क्षेत्र (ख) बाट स्वतन्त्र उमेद्वार बनेर गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित दीपक मनाङेको वास्तविक नाम राजिव गुरुङ हो । विवादित पृष्ठभूमिका भएपनि अहिले उनी जनताको बोली भन्दै हाक्काहाक्की आफ्ना कुरा राख्छन् ।
‘गुण्डा नाइके’ भनेर कुख्यात बनिरहेका बेला उनी मनाङ जिल्लाबाट प्रदेशसभाका लागि उठ्ने भए । तर, नेकपा एमालेले पार्टीबाट टिकट दिँदा बदनाम हुने डरले आफ्ना पार्टीका उम्मेदवारको सट्टामा मनाङेलाई सघाएर जिताएको थियो । बाहिर राम्रो छविले नचिनिएपनि उनलाई मनाङी जनताका प्रिय भए र जितेर प्रदेश सांसद बने ।
त्यसपछि उनी एमाले र माओवादी एकीकृत भएर बनेको पार्टी नेकपामा प्रवेश गरे । नेकपा खारेज भएपछि स्वतन्त्र सांसद भन्दै आएका उनले आफूलाई स्वतन्त्रकै हैसियतमा स्थान दिन प्रदेशसभा सचिवालयमा निवेदनसमेत दिएका थिए । राष्ट्रिय जनमोर्चा मात्र इमान्दार पाएको भन्दै उनले अविश्वास प्रस्तावका सवालमा अब जनमोर्चाले जे गर्छ आफूले त्यही गर्ने बताउँदै आएका थिए । बुधबार भने मनाङका मतदाताले पृथ्वीसुब्बालाई नछाड भनेपछि आफू पिएसकै पक्षमा रहेको बताएका थिए ।
ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा सर्वोच्चले गरेको फैसलाका कारण मनाङेले सपथ लिनबाट समेत बञ्चित हुनुपरेको थियो । निर्वाचन जिते पनि उनले २०७५ माघ १४ सम्म सांसदको हैसियत पाएका थिएनन् । शपथ लिनुअघि नै उनी कारागार चलान भएका थिए । करीब ९ महिनापछि २०७५ पुस ६ गते उनी कारागरमुक्त भएका थिए । त्यसपछि सपथ गरेर मात्र मनाङे २०७६ असार १९ मा तेस्रो पटक नेकपा प्रवेश गरेका थिए ।

मनाङको खेलमा रुची छ । उनी मनाङ मस्र्याङ्दी क्लबसँग आबद्ध छन् । दुई महिना अघि मात्रै बगर भाईखलक भेट्रान्स एट–ए–साईड फुटबल प्रतियोगितामा उनी आफ्नो टीमबाट मैदानमा समेत उत्रेका थिए ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी