पोखरा । स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’ गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री बनेका छन् । मनाङको प्रदेशसभा ‘ख’ बाट नेकपा एमालेकै समर्थनमा चुनाव जितेका उनलाई सरकारकै भर नहुँदा खेलकुद मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सुम्पेका हुन् ।
उनलाई प्रदेश नीति तथा योजना आयोगको हलमा गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले सपथ ग्रहण गराए । आडैमा मुख्यमन्त्री गुरुङ उभिए तर सभामुख र प्रतिपक्षी दलका नेताहरु भने सहभागी भएनन् । मनाङे यसअघि प्रदेश सभाको अर्थ तथा विकास समितिको सदस्य थिए । तर, काम चित्तबुझ्दो नभएको भन्दै राजीनामा दिएका थिए ।
सपथअघि उनले केही पत्रकारहरुसँग अनौपचारिक कुरा पनि गरे । सपथ ग्रहणका लागि आयोग हलमा पुगेका मनाङेले पत्रकारहरुसँग ठट्टा गरे, फोटो खिचाए । उनले आफूसँग युवाका लागि बिजनेश प्लान रहेको भन्दै स्पोर्टसमा काम गर्ने टीम आफूसँग रहेको सुनाए । धेरै गर्नुपर्ने देश होइन भन्दै उनले ४–५ वटा काम राम्रो गरे पुग्ने समेत उल्लेख गरे ।
आफू खेल क्षेत्रकै रहेकाले पनि ‘नलेज’ रहेको उनको कथन छ । मन्त्री पद पाएको बारे उनले खुलेर बताएनन् । काम गर्ने हो भनेर मुख्यमन्त्रीले भन्दा आफूले हुन्छ भनेर स्विकारेको मनाङेको भनाई छ ।
एकै मन्त्रालयलाई धेरै जिम्मेवारी दिँदा काम प्रभावकारी नहुने मुख्यमन्त्री र आफ्नो विचार मिलेको भन्दै उनले आफ्नो मन्त्रालय कता छ भनेर पनि थाहा नभएको भन्दै ठट्टा गरे । निलो कोट र नयाँ दौरा सुरुवालमा ठाँटिएका उनले भने ‘दौरा सुरुवाल किन्न जाउँ भन्नुभयो, गएँ ।’
दीपक मनाङे गण्डकीको युवा तथा खेलकुद मन्त्री
सम्बन्धित खबर
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन