पोखरा । स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’ गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री बनेका छन् । मनाङको प्रदेशसभा ‘ख’ बाट नेकपा एमालेकै समर्थनमा चुनाव जितेका उनलाई सरकारकै भर नहुँदा खेलकुद मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सुम्पेका हुन् ।
उनलाई प्रदेश नीति तथा योजना आयोगको हलमा गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले सपथ ग्रहण गराए । आडैमा मुख्यमन्त्री गुरुङ उभिए तर सभामुख र प्रतिपक्षी दलका नेताहरु भने सहभागी भएनन् । मनाङे यसअघि प्रदेश सभाको अर्थ तथा विकास समितिको सदस्य थिए । तर, काम चित्तबुझ्दो नभएको भन्दै राजीनामा दिएका थिए ।
सपथअघि उनले केही पत्रकारहरुसँग अनौपचारिक कुरा पनि गरे । सपथ ग्रहणका लागि आयोग हलमा पुगेका मनाङेले पत्रकारहरुसँग ठट्टा गरे, फोटो खिचाए । उनले आफूसँग युवाका लागि बिजनेश प्लान रहेको भन्दै स्पोर्टसमा काम गर्ने टीम आफूसँग रहेको सुनाए । धेरै गर्नुपर्ने देश होइन भन्दै उनले ४–५ वटा काम राम्रो गरे पुग्ने समेत उल्लेख गरे ।
आफू खेल क्षेत्रकै रहेकाले पनि ‘नलेज’ रहेको उनको कथन छ । मन्त्री पद पाएको बारे उनले खुलेर बताएनन् । काम गर्ने हो भनेर मुख्यमन्त्रीले भन्दा आफूले हुन्छ भनेर स्विकारेको मनाङेको भनाई छ ।
एकै मन्त्रालयलाई धेरै जिम्मेवारी दिँदा काम प्रभावकारी नहुने मुख्यमन्त्री र आफ्नो विचार मिलेको भन्दै उनले आफ्नो मन्त्रालय कता छ भनेर पनि थाहा नभएको भन्दै ठट्टा गरे । निलो कोट र नयाँ दौरा सुरुवालमा ठाँटिएका उनले भने ‘दौरा सुरुवाल किन्न जाउँ भन्नुभयो, गएँ ।’
दीपक मनाङे गण्डकीको युवा तथा खेलकुद मन्त्री
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’