पोखरा – पोखरामा कोरोना संक्रमणको दर तिव्र गतिमा फैलिरहेको छ । आइतबार मात्रै कास्कीका ३६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि भएका मध्ये ६ जना मादी गाउँपालिका, २ जना रुपा गाउँपालिका र २ जना अन्नपूर्ण गाउँपालिकाका छन् भने, अन्य सबै पोखरा महानगरका हुन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयले आज जारी गरेको विज्ञप्तिमा पछिल्लो ४८ घण्टामा कास्कीका ६९१ जनाको नमुना परीक्षण गरिएकोमा ३६८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
आज थपिएकासंगै कास्कीमा कोरोना संक्रमित जम्मा संख्या १० हजार ९० पुगेको छ ।
यस्तै पछिल्लो ४८ घण्टामा गण्डकीका अन्य जिल्ला तनहुँमा १४ जना, लमजुङमा ८ जना र नवलपुरका २९ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै स्याङ्गजाका १०४ जना, पर्वतका ९ जना, बागलुङका ४ जना र म्याग्दीका २३ जना, मनाङका ४ जना र मुस्ताङ् जिल्लाका १३ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको छ।
आज गण्डकीमा पुष्टि भएका ५७६ संगै कोरोना संक्रमितको कूल संख्या १९ हजार २२१ पुगेको छ, जसमा सक्रिय संक्रमितको संख्या २ हजार ४३ छ ।
पछिल्लो ४८ घण्टामा गण्डकीबाट ६४ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ९ सय ४६ पुगेको छ।
गण्डकीमा आइतबार ८ जनाको मृत्यु पुष्टि भएको छ । मृतकहरु पर्वत जिल्ला कुश्मा नगरपालिकाका १ जना, दाङ जिल्ला राप्ती गाउँपालिका -५ घर भइ हाल पोखरा मेडिप्लस अस्पतालमा उपचाररत १ जना, रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका -३ का १ जना छन् भने अन्य सबै पोखरा महानगरका हुन्।
आज मृत्यु पुष्टि भएकासंगै कास्कीमा कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या १३० पुगेको छ भने, गण्डकीमा यो संख्या २३१ पुगेको निर्देशनालयले जनाएको छ ।













सम्बन्धित खबर
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ