पोखरा – पछिल्लो २४ घण्टामा गण्डकीका थप २०३ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार आज गण्डकीका ७३८ जनाको नमुना परीक्षण गरिएकोमा २०३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
आज पुष्टि भएका संक्रमित प्रदेशका ९ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ३४० जनामा गरिएको परीक्षणमा ४६ जनामा संक्रमण देखिएको छ।
आज थपिएका संगै कास्कीमा कोरोना संक्रमितको संख्या १० हजार १३६ पुगेको छ।
यस्तै कास्की बाहिर गण्डकीका अन्य जिल्लामा बागलुङमा एकैदिन ७१ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाका १७० जनाको नमुना परीक्षण गरिएकोमा ७१ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
पर्वतका १३ जनाको परीक्षणमा ५ जना र मनाङका ९ जनाको परीक्षणमा ३ जनामा कोरोना पुष्टि भएको छ।
यता स्याङ्गजा जिल्लाका ३२ जनाको परीक्षण गर्दा १४ जना, तनहुँका २१ जनाको परीक्षण गर्दा २ जना, गोरखाका ४४ जनाको परीक्षण गर्दा २१ जना, लमजुङका १५ जनाको परीक्षण गर्दा २ जना र नवलपुरका ९४ जनाको परीक्षण गर्दा ३९ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ।
आज गण्डकीमा पुष्टि भएकासंगै कोरोना संक्रमितको कूल संख्या १९ हजार ४२४ पुगेको छ, जसमा २ हजार १८३ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ६३ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त भएर घर फर्किनेको संख्या १७ हजार ९ पुगेको छ भने, संक्रमणकै कारण गण्डकीमा अहिलेसम्म २३१ जनाले ज्यान गुमाइसकेका छन्।






सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो