नेपालको बैंकिङ क्षेत्रमा छोटो समयमा फड्को मारेको एनआईसी एसिया बैंकले कोरोना महामारीमा पनि ऋणीबाट निकै चर्को ब्याज असुल गरेपछि कडा आलोचना भएको छ ।
सहकारीले समेत ब्याज घटाइरहेका बेला अत्यधिक ब्याजदर लिएपछि बैंकको कर्तुत अहिले सामाजिक सञ्जालमा छरपस्ट छ । बैंकको विराटनगर स्थित एक शाखाबाट घर कर्जा लिएका दिपेश/दिवस सुवेदीलाई बैंकले थमाएको पत्र अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको हो ।
‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारा बोकेको बैंकले घर कर्जामा करिब १६ प्रतिशत ब्याजदर लिने गरेको पाइएको हो । कोरोना महामारीमा यसअघि बैंकले ब्याजदर सामान्य बचतमा १.५ प्रतिशत मात्र दिने गरेको थियो । अहिले बैंकले ३.२५ प्रतिशत दिने गरेको छ । ऋणीसँग भने बीचमै बढाएर झण्डै १६ प्रतिशत असुल्न लागेको देखिन्छ ।

‘क’ वर्गको एनआईसी एसिया जस्तो नाम चलेको बैंकले महामारीको मौका छोपी यतिधेरै ब्याजदर असुलेर कमाउ धन्दा गरिरहेको भन्दै विरोधका प्रतिक्रियाहरु देखिन्छन् ।
नेपाल राष्ट्र बैंकको निर्देशनको समेत धज्जी उडाउँदै बैंकले आफ्नो पुराना ऋणीलाई २०७८ सालदेखि ब्याजदर बढेको भन्दै पत्र काटेको छ । कोरोनामा कतिपय बैंकहरुले आधार दर वा आधार दरमा थोरै प्रतिशतमात्रै प्रिमियम जोडेर ऋण लगानी गर्ने गरेका छन् । त्यस्तो प्रिमियम दर समान्यतया बैंकहरूले २ प्रतिशत लिने गरेका छन् । एनआईसी एसिया बैंकको चैत मसान्तसम्म आधार दर ६.७७ प्रतिशत रहेको छ । आधारदरमा ९ प्रतिशत भन्दा धेरै प्रिमियम जोडेर बैंकले ब्याजदर बढेको भन्दै पत्राचार गरेको छ ।
एनआईसी एसिया बैंकको अघिल्लो वर्षको चैत मसान्तमा आधार दर ९.६१ थियो । अर्थात् पहिलेभन्दा अहिले आधार दर घटेको छ । आधार दर घट्दा ब्याजदर पनि घट्नुपर्नेमा अझ अस्वभाविक रुपले बढाएर ऋणीसँग ब्याज असुल उपर गर्ने गरेको हो । अहिले लघुवित्तहरुले नै १४ देखि १५ प्रतिशतसम्म ब्याजदरमा ऋण लगानी गर्ने गरेका छन् ।
सम्बन्धित खबर
गृह मन्त्रालयमा गरिमाका आमाबुबाको भिडियो खिचिएको रास्वपा महामन्त्रीकै आपत्ति
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
किस्तीमा राखेर आएको प्रधानमन्त्री पद त्याग गरेको व्यक्ति हुँ: रवि लामिछाने
प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे महेश बस्नेतको प्रश्न: ‘वास्तविक उद्देश्य के हो ?’
प्रधानमन्त्री बालेन मुस्ताङ पुगे
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ जाँदै
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित