माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उनकी श्रीमती मिलिन्डा गेट्स अलग्गिँदै छन् । यी दुईले विवाहको २७ वर्षपछि सम्बन्धविच्छेदको घोषणा गरेका हुन् । बिल गेट्स र मिलिन्डा गेट्स एक छोरा र दुई छोरीका आमा–बुवा हुन् । छोराको नाम ररी र छोरीको नाम जेनिफर र फियोबी हो ।
बिल गेट्सको कूल सम्पत्ति यतिबेला १४६ बिलियन डलर छ । बिल गेट्सले सन् २०१७ मा उनका प्रत्येक सन्तानलाई पैतृक सम्पत्तिको १० मिलियन डलर मात्रै दिइने बताएका थिए । अर्थात् तीनै सन्तानलाई कूल ३० मिलियन डलरको सम्पत्ति दिइनेछ । बिल र मिलिन्डाले उनीहरुको कूल सम्पत्तिको ९५ प्रतिशत हिस्सा समाजसेवाका लागि दान दिइने घोषणा गरिसकेका छन् । यसका लागि यी दुईले बिल एण्ड मिलिन्डा गेट्स फाउन्डेशनको स्थापना गरिसकेका छन् ।
को हुन् बिल गेट्सः
– बिल गेट्सको पूरा नाम विलियम हेनरी गेट्स हो । १३ वर्षको उमेरमा पहिलो सफ्टवेयर प्रोग्राम लेख्ने गेट्सको जन्म सिएटलमा २८ अक्टोबर सन् १९५५ मा भएको थियो । हाईस्कूलमा पढाईका बेला स्कूलको परोल सिस्टम बनाइरहेका एक ग्रुपलाई मद्दत गरे र ट्रेफ–ओ–डेटा बनाए, जसले स्थानीय सरकारलाई ट्राफिक काउन्टिङ सिस्टम्स बेच्यो ।
– हार्वर्ड युनिभर्सिटीको पढाईका बेला पाल जी. एलन जस्ता साथी पाए र उनले माइक्रोसफ्टको जरा गाडे । इन्टरनेशल बिजनेस मसिन्स (आइबीएम) कर्पोरेशनका लागि एमएस–डस बनाए र कम्पनी हिट बन्यो । सन् १९९० को दशकको सुरुवातसम्म पीसी इन्डष्ट्रिमा माइक्रोसफ्ट अल्टिमेट किंगमेकर बनिसकेको थियो ।
– सन् १९८६ मा गेट्स अर्बपतीको सूचीमा समावेश भइसकेका थिए । सन् १९९५ मा दुनियाँका सबैभन्दा धनी व्यक्ति बने र थुप्रै वर्षसम्म यो स्थानमा रहे । पछिल्लो तीन वर्षदेखि गेट्स र अमेजनका जेफ बेजोसबीच संसारको सबैभन्दा धनी व्यक्तिका लागि प्रतिस्पर्धा चलिरहेको छ । फोर्ब्सको सूचीमा यतिबेला बेजोस् शीर्ष स्थानमा छन् भने गेट्स चौथो नम्बरमा ।
– जून २००८ मा गेट्सले माइक्रोसफ्टको दैनिक काम कारवाहीबाट आफूलाई अलग्गयाए । उनी यसो गरेर बिल एण्ड मिलिन्डा गेट्स फाउन्डेशनलाई धेरैभन्दा धेरै समय दिन चाहन्थे । फेब्रुअरी सन् २०१४ मा उनले अध्यक्ष पद पनि छोडे ।
सम्बन्धित खबर
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दिल्लीमा तनाव, संसद् भवनमा प्रवेश गर्न खोजेपछि ककरोच पार्टीका संस्थापक पक्राउ
जापानको फुकुओकामा ‘तीज धमाका २०२६’ हुने, गायिका शान्ति श्री परियारको विशेष प्रस्तुति
भेनिजुएला भूकम्प: बेपत्ता आफन्तको खोजीमा छटपटी
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ