गोरु काटेको अभियोगमा पोखराबाट ८४ वर्षीय बृद्धसहित दुई पक्राउ

गोरु काटेको अभियोगमा पोखराबाट ८४ वर्षीय बृद्धसहित दुई पक्राउ

bir-bdr-tamang-ganga-bdr-grg

पोखरा – गोरु काटेको अभियोगमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पोखरा -१८ लामागाउँ बस्ने ८४ वर्षीय बिर बहादुर तामाङ र सोही वडाको धारापानी बस्ने ५० वर्षीय गंगा बहादुर गुरुङ रहेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए।

हमालका अनुसार बुधबार बिहान अन्दाजी ८:३० बजेको समयमा पोखरा महानगरपालिका वडा नं -१८ पिपलडाली भन्ने स्थानमा गोरु काट्दै गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र वडा प्रहरीले कार्यालय वगरबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई गोरुको टाउको, मासु र मासु काट्न प्रयोग हुने हतियार सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि पशुपंक्षी सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान कार्य अगाडी बढाइएको प्रवक्ता हमालले जानकारी दिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ