मनाङ – हिमालपारिको जिल्ला भनेर चिनिने मनाङको ङिस्याङ गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि गाउँपालिका कार्यालयले आजदेखि अत्यावश्यक बाहेकका अन्य सेवाहरु बन्द गरेको छ।
बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै गाउँपालिकाले अनावश्यक जमघट नगर्न, भिडभाड हुने कार्यक्रम नगर्न तथा नगराउन, अनिवार्य माक्सको प्रयोग गरी स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न आग्रह गरेको छ।
विज्ञप्तिमा जिल्ला बाहिरबाट आउने व्यक्तिले अनिवार्य रुपमा कम्तिमा १० दिन होम क्वारेन्टिनमा बस्न र कोभिडको शंका लागेमा होम आइसोलेसनमा बसी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न भनिएको छ।
गाउँपालिकाको वडा नं -८ मा गत आइतबार ३ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएकोमा बुधबार सोही गाउँपालिकाको वडा नं -१ , ४, ५ र ९ नं वडाका ७ जनामा संक्रमण पुष्टि भएको छ ।
गाउँपालिकाका सूचना अधिकारी नुमनाथ पाध्यले अध्ययनका लागि काठमाण्डौ तथा पोखराबाट फर्किएका विद्यार्थीमा संक्रमण देखिएको जानकारी दिए।
“अहिले संक्रमण पुष्टि हुनेमा अधिकांश जिल्ला बाहिरबाट आउने विद्यार्थीहरु नै हुन् , तर, संक्रमण स्थानीय स्तरमा पनि फैलँदो छ, पाध्यले गण्डक न्यूज सँग भने।”
उनले जिल्ला बाहिरबाट आउने सवारीका कारण पनि संक्रमण फैलिएको हुनसक्ने दावी गरे ।
यसैलाई मध्यनजर गर्दै जिल्ला बाहिरबाट भित्रनेका लागि अनिवार्य कम्तिमा १० दिन क्वारेन्टाइनमा बस्न आग्रह गरेका हौँ , पाध्यले स्पष्ट पारे ।
सम्बन्धित खबर
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो