चिनियाँ रकेट अनियन्त्रित रूपमा पृथ्वीमा खस्न लागेको छ र वैज्ञानिकहरूलाई हालसम्म यो कहाँ खस्छ भन्ने यकिन थाहा छैन।
सन् १९९० यता १० टनभन्दा बढी वजन भएको कुनै पनि वस्तु पृथ्वीतर्फ खस्न दिइएको छैन। तर अबको केही दिनमा २१ टनको लङ मार्च ५बी रकेट त्यसरी पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने सबैभन्दा ठूलो वस्तु बन्ने छ।
सो रकेट १६ फिट चौडाइ र ९८ फिट लम्बाइको छ। यसलाई चीनले एप्रिलको अन्त्यमा अन्तरिक्षमा नयाँ स्टेसन बनाउन प्रक्षेपण गरेको थियो।
अहिले यो रकेट प्रतिघण्टा २७,६०० किलोमिटरको गतिमा पृथ्वी वरपर घुमिरहेको छ।
बीबीसीका विज्ञान सम्वाददाता जोनाथन एमोसका अनुसार यसको स्थान भूमध्यरेखाको ४१ डिग्री उत्तर र दक्षिणबीच छ। यो पृथ्वी घुम्दा उत्तरमा न्यूयोर्क, इस्तानाबुल र बेइजिङमाथि एवं दक्षिणमा वेलिङ्गटन र चिलेमाथि पर्छ।
उनले भन्छन्, “यदि तपाईँ भूमध्यरेखाको दुवैतर्फ ४१ डिग्रीभन्दा बाहिर बस्नुहुन्छ भने यो तपाईँमाथि खस्दैन।“
“यसको क्षेत्रमा रहनुभएको छ भनेपनि तपाईँमाथि यो खस्ने सम्भावना एकदमै कम छ किनभने पृथ्वीको ७० प्रतिशत भूभाग समुद्र छ र यदि केही गरि यो वायुमण्डलमा जलेर नष्ट भएन भने पनि यो पानीमा पर्ने सम्भावना धेरै छ।“
सन् २०२० मेमा यस्तै रकेट प्रक्षेपण गर्दा पनि त्यसका टुक्राटाक्री पश्चिम अफ्रिकाका गाउँहरूमा खसेका थिए।
अहिलेको रकेट भने मे १० को वरपर खस्ने अनुमान गरिएको छ। यो कहाँ खस्छ भन्ने वैज्ञानिकहरूले पृथ्वीमा आइपुग्ने एक घण्टा अगाडि मात्रै थाहा पाउने छन्।
अमेरिकी सरकारको अनुदानमा सञ्चालन हुने एक संस्थाले अन्तरिक्षमा रहेका करिब २६ हजार मानवनिर्मित वस्तुहरूको तथ्याङ्क राख्छ।
टेक्सस विश्वविद्यालयका प्राध्यापक मोरिबा जह भन्छन्ः “ती वस्तुहरू मोबाइल फोनको आकारदेखि अन्तरिक्ष स्टेसन जत्रा सम्मका छन्। तीमध्ये ३,५०० काम गरिरहेका भूउपग्रह छन् बाँकी जम्मै कवाडी हुन्।“
जहका अनुसार अन्तरिक्षमा भएका ती वस्तुहरू काम गरिरहेका भूउपग्रहसँग ठोक्किने मात्रै होइन, २०० जति ठूलो आकारका वस्तुहरू ’बम जस्ता’ हुन्।
“हाम्रा लागि मौसम, स्थान जानकारी वा समय जस्ता काम लाग्ने सूचना दिने भूउपग्रहहरू कुनै पनि बेला अर्को वस्तुसँग ठोक्किएर काम नगर्ने हुन सक्छन्। यसले हाम्रो दैनिक जीवनलाई नै असर गर्न सक्छ। – बीबीसी
सम्बन्धित खबर
दिल्ली पुगेर अर्थमन्त्री वाग्लेले भने: यो वर्षको अन्त्य सम्ममा प्रधानमन्त्री बालेनले भारत भ्रमण गर्नुहुनेछ
नेपाल-बंगलादेशसँग हाम्रो आन्दोलनको तुलना नगर्नुहोस्: दीपके
फ्रान्समा हिंसात्मक प्रदर्शन : १९औँ शताब्दीको ऐतिहासिक टाउन हल ध्वस्त
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
पाकिस्तानको खैबर पख्तुनख्वाका मुख्यमन्त्री हिरासतमा, गभर्नर शासन लागू
अस्ट्रेलियाको भिसामा अझै कडाइ, उतैबाट विद्यार्थीले थप भिसाको आवेदन दिन नपाइने
यो पनि पढौँ
नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा पोखराका सुमन पहारीको उम्मेदवारी
स्याङ्जा नागरिकता किर्ते प्रकरण : ताकेतापछि मात्रै ३ कर्मचारी पक्राउ
गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा बर्खास्त, उपसचिव परियारलाई जिम्मेवारी
दानबहादुर कार्कीलाई सरकारले आइजीपीबाट हटायो, कानुनी जटिलताबाट बच्न नयाँ जिम्मेवारी सुरक्षा सल्लाहकार !