कुख्यात डन छोटा राजनको कोरोना संक्रमणबाट मृत्यु

कुख्यात डन छोटा राजनको कोरोना संक्रमणबाट मृत्यु

chhota-rajan_650x400_71446804568

भारतीय अपराधिक समूहका नाइके कुख्यात डन छोटा राजनको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

उनकाे नाम नेपालमा भएका केही आपराधिक घटनामा पनि जोडिएकाे छ । मिडिया उद्यमी जमिम साह, मिर्जा दिल सादवेगको हत्या एवं केन्द्रीय कारागारभित्रै युनुस अन्सारीमाथि आक्रमण गर्ने कार्यमा राजनको समूह संलग्न रहेको थियो ।

तिहाड जेलमा रहेका उनलाई गत अप्रिल २६ एम्स अस्पतालमा भर्ना गरिएको थियो । सन् २०१५ मा इन्डोनेसियामा पक्राउ परेका उनलाई जन्मकैद गरी तिहाड जेलमा राखिएको थियो ।

मुम्बईमा हत्या र असुलीसँग सम्बन्धित करिव ७० वटा मुद्दामा उनको समूहको संलग्नता रहेको अभियोग लागेको थियो । कोरोनाका कारण उनको शुक्रबार निधन भएको अस्पतालले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds