एजेन्सी । अमेरिकाको मेरिल्याण्डमा अन्धाधुन्ध गोली प्रहार हुँदा एक नेपालीसहित ३ जना मारिएका छन् । मेरिल्याण्डको बाल्टीमोर काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक नेपालीसहित ३ जना मारिएका हुन् ।
उक्त घटनामा परी ज्यान गुमाउनेमा संखुवासभा खाँदबारी नगरपालिका-६ का अन्दाजी २७ वर्षीय सागर घिमिरे छन्। समाचार संस्था एपीका अनुसार घरमा आगजनी गर्ने र गोलीबारी गर्ने व्यक्ति पनि मारिइसकेका छन्। बाल्टिमोर प्रहरीले जारी गरेको विज्ञप्तिअनुसार गोली हान्ने व्यक्ति ५६ वर्षीय एभर्टन ब्राउन हुन्। उनी सोही ठाउँमा बस्ने गरेको प्रहरीले जनाएको छ। आगजनी र गोली किन चलेको हो भन्ने खुलिसकेको छैन।
चार जना प्रहरीले एभर्टनमाथि गोली चलाएर मारेको एपीले जनाएको छ। प्रहरीले सार्वजनिक गरेको भिडिओमा एक घरमा आगलागी भइरहेको देखिन्छ। आगलागी भएकै घरछेउमा सागर र सर्लाहीका श्याम अधिकारी बस्थे। उनीहरू दुबै जनाले नेपालमा प्लस टु सकेर अमेरिका गएका थिए।
घिमिरे चार वर्षअगाडि अमेरिका गएका थिए। उनले क्लाफिन युनिभर्सिटीबाट केही समयअघिमात्रै स्नातक सकाएका थिए। सागरकी आमा पनि केही समय अघि नै बितिसकेकी थिइन्। आमाको मुटु रोगका कारण निधन भएको ठूला बुवाका छोरा कुमार घिमिरेले जानकारी दिए। सागर सानै उमेरदेखि कुमारसँग काठमाडौंमा आएर पढेका थिए।

सम्बन्धित खबर
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
भारतीय संगीतकी सुप्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
बलिउडकी दिग्गज गायिका आशा भोसलेलाई हृदयघात, ९२ वर्षीया भोसलेको आईसीयूमा उपचार गरिँदै
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’