तीन दिन अघि राजीनामा दिएका पृथ्वीसुब्बा गुरुङ पुनः गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ । अविश्वासको प्रस्तावमा अल्पमतमा पर्ने भएपछि अघिल्लो दिन नै राजीनामा दिएका गुरुङ फेरि ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्ने सम्भावना बढेको हो ।
यसअघि दुई तिहाई बहुमतको नेतृत्व गरेका गुरुङ अब भने अल्पमतको सरकारको नेतृत्व गर्दै पुनः मुख्यमन्त्रीमा नियुक्त हुन सक्नेछन् । गण्डकी प्रदेशमा कुनै दलको पनि बहुमत पुग्दैन । गुरुङले २६ गते राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले आजसम्म बहुमतको सरकार दाबी गरेर आउन आह्वान गरेकी थिइन् । तर, समय घर्किन लाग्दा समेत राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता समेत रहेका कृष्ण थापाले काँग्रेस माओवादी र जसपा गठबन्धनको पक्षमा हस्ताक्षर गर्न मानेका छैनन् ।
यदि बुधबारसम्म प्रदेश प्रमुख समक्ष दलहरुले बहुमत सदस्यको नामावली र हस्ताक्षर नबुझाए अर्को कोर्स सुरु हुनेछ र ठूलो दलको हैसियतमा नेकपा एमालेकै सरकार बन्नेछ । पार्टीका संसदीय दलका नेता पृथ्वीसुब्बा भएकाले उनी नै मुख्यमन्त्री हुनेछन् ।
कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीको गठबन्धनले जनमोर्चालाई साथमा लिएर मंगलबार नै दाबी पत्र बुझाउने बताएका थिए । तर दिन सकिन लाग्दा समेत ३ सदस्य रहेको जनमोर्चाको साथ पाउन सकेन । २८ मतका साथ तीन दलीय गठबन्धन सरकार बनाउन अग्रसर बनेको छ । प्रस्तावित मुख्यमन्त्रीमा काँग्रेसका दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल छन् । टुप्लुक्क बुहमत (३१ मत) पुग्न जनमोर्चाका तीन जना नै आवश्यक पर्छ । तर, दलका नेता कृष्ण थापा नै हस्ताक्षर गर्न नमानेका हुन् ।
जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले कांग्रेसको नेतृत्वमा बन्ने नयाँ सरकारलाई नै साथ दिने निर्णय गरेका थिए । तर, बाग्लुङे कार्यकर्ताको मनसाय बुझ्दै प्रत्यक्ष निर्वाचित सांसदहरु कृष्ण थापा र खिमविक्रम शाही केन्द्रको निर्णय विरुद्ध अडान लिँदै आएका हुन् । समानुपातिक सांसद समेत रहेकी सचेतक पियारी थापा मात्र काँग्रेस गठबन्धनको सरकारको पक्षमा छिन् । उनले ह्वीप समेत लगाएकी थिइन् ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु