पोखरा । गण्डकी प्रदेशमा नयाँ सरकार गठन गर्न काँग्रेस नेतृत्वको विपक्षी गठबन्धनले बहुमतको दावीसहितको पत्र प्रदेश प्रमुखलाई बुझाएका छन् ।
विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रिय जनमोर्चासहितको साथमा मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपालीलाई समर्थन गरेको पत्र प्रदेश प्रमुख सीता कुमारी पौडेल समक्ष बुझाएका छन् ।
नेपाली स्वयंको निवेदन रहेको पत्र प्रदेश प्रमुख सचिवालयमा दर्ता भइसकेको छ । दर्ता नं. १०८ हो । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चन्डीप्रसाद अर्यालले बहुमत दाबी गर्दै गठबन्धन आएको र माग दाबी अनुरुप प्रक्रिया अघि बढ्ने बताए ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि दुई वा दुई भन्दा बढी दलसहितको सरकार गठनका लागि प्रदेश प्रमुखले बुधबार अपरान्ह ४ बजेसम्मको समय दिएकी थिइन् ।
कारबाही रोकिपाउँ भन्दै सांसद थापाको अर्को पत्र
जनमोर्चाका ३ जनाकै समर्थन रहेको पत्रमा उल्लेख छ । तर जनमोर्चा सांसद कृष्ण थापाले भने आफूले हस्ताक्षर नगरेको भन्दै प्रदेशप्रमुख सचिवालयमा अर्को पत्र दर्ता गरेका छन् ।
उनले प्रदेश प्रमुखलाई पत्र लेख्दै विधान विपरित आफूलाई कारबाही गरिएकोले सो कार्यान्वयन नगर्न र आफूले हस्ताक्षर नगरेको स्पष्ट पारेका छन् । उनी अहिले बाग्लुङमा रहेको र हस्ताक्षर आफूले नगरेको स्पष्ट पारेका छन् ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु