नवनियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार सपथ ग्रहण लगत्तै पदभार सम्हालेका छन् । मुख्यमन्त्री निवासमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
आफै कोरोना संक्रमित रहेका उनले गण्डकी प्रदेश सरकारले खडा गरेकाे काेभिड काेषमा सरकारकाे तर्फबाट ४ कराेड दिने निर्णय गरे । निमित्त प्रमुख सचिव रामचन्द्र ढकालले दिएकाे फाइलमा मुख्यमन्त्री गुरुङले हस्ताक्षर गरेका थिए ।
ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता गुरुङलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को ३ बमोजिम नियुक्त गरी बुधबार साँझ आफ्नै निवासमा उनलाई सपथ खुवाएकी हुन् ।
काँग्रेस, माओवादी, जसपा र राजमो गठबन्धनबाट कांग्रेसका कृष्णचन्द्र नेपालीले बुधबार दाबी निवेदन पेस गरेका थिए । गण्डकीमा एमाले र यी ४ दलसहित ५ दल संसदमा अस्तित्वमा छ । एमालेबाहेक सबै एकातिर उभिँदा टुप्लुक्क बहुमत ३१ मत पुग्ने थियो । तर राष्ट्रिय जनमोर्चाको तर्फबाट एकजनाको हस्ताक्षर भएन । समर्थन भनिए पनि बहुमत सांसदको हस्ताक्षर नहुँदा काँग्रेसका कृष्णचन्द्र नेपालीको मुख्यमन्त्री बन्ने सपना तुहिएको हो ।
विश्वासको मत लिने बेलामा बहुमत पु¥याउने दाबीका साथ गठबन्धनले निवेदन दिएको थियो । तर, राजमोका सांसद कृष्ण थापाले आफ्नो विमति रहेको भन्ने पत्र दर्ता गरेपछि प्रदेश प्रमुखले पुनः एमालेलाई नै सरकार गठनका लागि आह्वान गरकी हुन् । र, बहुमतको सरकार गठन गर्ने प्रतिपक्षी दलहरुको प्रयास असफल भएसँगै विद्यमान ठूलो दलको संसदीय दलको नेताको हैसियतमा पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री बनेका हुन् ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो