पोखरामा रहेर क्रियाशील पत्रकारिता गर्दै आएका जगन्नाथ (गणेश) पौडेलको कोरोना संक्रमणका कारण निधन भएको छ । गण्डकी टेलिभिजनमा कार्यरत पौडेलको बिहीबार बिहान साढे ५ बजे गण्डकी मेडिकल कलेजमा निधन भएको हो । उनी गण्डकी टेलिभिजनका डाइरेक्टर तथा चर्चित कार्यक्रम गण्डकी छड्केका कोओर्डिनेटर हुन् । डेढ दशकदेखि पौडेल पत्रकारितामा सक्रिय रहँदै आएका थिए ।
पोखरा–३३, बागमारा निवासी ४१ वर्षीय पौडेललाई २० वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोभिडका कारण स्वास्थ्यमा समस्या आएपछि उनी ९ दिनदेखि गण्डकी मेडिकल कलेजमा नै उपचाररत रहेको पत्रकार पौडेलकी धर्मपत्नी कृष्णमाया पौडेलले जानकारी दिइन् । नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्यसमेत रहेका पौडेलका आमा, श्रीमती र दुई छोरा छन् । कामप्रति बफादार र हक्की स्वभावका पौडेल २०६५ सालदेखि पत्रकारितामा लागेका हुन् ।
यसैबीच, नेपाल पत्रकार महासंघले पत्रकार पौडेलेको निधनले पत्रकारिता क्षेत्रमै अपूरणीय क्षती पुगेको बताए । केन्द्रिय समिति, गण्डकी प्रदेश समिति र कास्की जिल्ला समितिले छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी पत्रकार पौडेलको निधनप्रति दुःख व्यक्त गरेको छ । हालसम्म नेपालमा १२ जना पत्रकारको कोभिड संक्रमणका कारण ज्यान गइसकेको छ ।
महासंघका कास्की अध्यक्ष विमला भण्डारीले पौडेलको निधनप्रति दुःख प्रटक गर्दै परिवारजनमा समवेदना व्यक्त गरेकी छन् । साथै पौडेलको निधनप्रति पत्रकार तथा विभिन्न व्यक्तिहरुले सामाजिक सञ्जालमार्फत दुःख प्रकट गरेका छन् ।
महासंघका कास्की सचिव माधवप्रसाद बरालले नेपाल पत्रकार महासंघ कास्कीका सदस्य तथा गण्डकी टेलिभिजन पोखराका प्रबन्ध निर्देशक जगन्नाथ पौडेल ‘गणेश’ को असामयिक निधनले पत्रकार महासंघ कास्की मर्माहत भएको उल्लेख गरेका छन् ।
नेपाल पत्रकार महासंघ, गण्डकीका महासचिव गोविन्द सुवेदीले पौडेलको अल्पायुमै भएको असामयिक निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको उल्लेख गरेका छन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन