एक प्रेमिकाले सताएको वा घुर्की लाएको सहन गाह्रो पर्छ । यस्तोमा सोच्नुस् कसैको ३५ जना गर्लफ्रेण्ड भए के हाल होला ? त्यति मात्र होइन यी व्यक्ति त ३६ औं प्रेमिका पनि बनाउने सोचमा थिए ।
जापानका ३९ बर्षीय ताकाशी मियागावाले एक पछि अर्को गर्दै ३५ जना प्रेमिका बनाए । तर न्यूयोर्क पोस्टमा प्रकाशित रिपोर्ट अनुसार, प्रहरीले यी जापानी युवालाई एकै साथ ३५ जना प्रेमिका बनाएर सम्बन्ध राखेको आरोपमा पक्राउ गरेको छ ।
खासमा यी युवालाई प्रेमिका बनाउने लत बसेको थियो । कारण उनलाई जन्मदिनको अवसरमा पहिलो प्रेमिकाले उपहार दिइन् । जसका कारण उनमा उपहार लिने इच्छा जाग्यो र लगातार प्रेमिका बनाउन थाले । उनी आफ्ना सबै प्रेमिकालाई फरक फरक मितिमा आफ्नो जन्मदिन रहेको बताउदै आएका थिए ।
मियागावाले जति नयाँ प्रेमिका बनाउदै गए पनि आफ्ना पुराना कुनै प्रेमिकालाई छाडेनन् । उनी सबैलाई डेट गर्दथे । जो केवल मंहगा उपहार लिनकालागि उनले बनाएका थिए । मियागावा एक मार्केटिंग कम्पनीमा पार्ट टाइम काम गर्दथे । उनी घर घर पुगेर सामान बेच्दथे । यहीँबाट यी सबै युवतीसंग उनको भेट भएको थियो ।
उनको कर्तुतको खुलासा तब मात्र भयो जब उनका ३५ प्रेमिका मध्ये एकलाई उनीमाथि शंका भयो र प्रहरीमा उजुरी गरिन् । प्रहरीले पक्राउ गरेपछि उनको सबै कुराहरुको खुलासा भयो । मियागावाले सबै युवतीलाई विवाहको वचन दिएका थिए । अहिले उनी जापानी रोमियोको नामबाट चर्चित त छन् तर जेलमा छन् ।
सम्बन्धित खबर
रुसी सेनामा भर्ती भएका तनहुँका नौ युवा सम्पर्कविहीन
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
दूधमा पनि बर्ड फ्लूको भाइरस फेला
भारतमा सवारी दुर्घटना हुँदा ७ नेपालीको मृत्यु
यूएईमा एक नेपाली महिलाको मृत्यु, श्रीमान् फरार
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का एक बेपत्ता
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग