गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले ५ जना मन्त्री नियुक्त गरेका छन् ।
किरण गुरुङलाई अर्थमन्त्री नियुक्त गरिएको छ भने राजीव गुरुङ (दीपक मनाङे) लाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएको छ। रामशरण बस्नेत, नरदेवी पुन, विकास लम्सालको भने जिम्मेवारी तोकिएको छैन। विना विभागीय छन्। मनाङेलाई युवा तथा खेलकुद मन्त्री नियुक्त भए पनि उनी विशेष कामले काठमाडौं गएको हुँदा बुधबार उनको शपथ हुन सकेन।
नवनियुक्त मन्त्रीले आजै प्रदेश प्रमुख सीता कुमारी पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । वैशाख २६ मा राजीनामा दिएका मुख्यमन्त्री गुरुङ २९ गते पुनः ठूलो दलको नेताको हस्यितमा दास्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए । कोरोना संक्रमणका कारण आइसोलेसनमै रहेकाले मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको हो ।
मन्त्रिमण्डल विस्तारसँगै मुख्यमन्त्रीले प्रदेशमा मन्त्रालय थप्ने भएका छन् । सामाजिक विकास मन्त्रालय फुटाएका गुरुङले कम्तीमा १० वटा मन्त्रालय बनाउने भएका छन् । हाल प्रदेशमा ८ मन्त्रालय छन् । माओवादीको भागमा परेको मन्त्रालय अझै पनि रिक्त नै छ । यो सरकार पनि जेठ २९ भित्र विश्वासको मत प्राप्त गरिसक्नुपर्नेछ । यदि नपाएको खण्डमा फेरि पदमुक्त हुनेछन् ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो