गण्डकी प्रदेश सरकारमा मन्त्रालयकाे संख्या ११ बनाइने भएकाे छ । अहिले ८ मन्त्रालय छन् । यसअघि प्रदेशमा ७ मन्त्रालय थियो । तर, प्रदेश राजनीति पेचिलो बन्दै गएपछि मुख्यमन्त्री गुरुङले राजीनामा दिनु अघि सामाजिक विकास मन्त्रालय अन्तरगत रहेकेा युवा तथा खेलकुद मन्त्रालयलाई छुट्टै बनाएका थिए ।
मुख्यमन्त्री गुरुङले अब हालकाे भाैतिक मन्त्रालय, उद्याेग तथा पर्यटन मन्त्रालय र सामाजिक विकास मन्त्रालय विभाजन गरेर ३ मन्त्रालय थपेका छन् । सामाजिक विकास मन्त्रालय टुक््रयाएर स्वास्थ्य मन्त्रालय, भौतिक तथा विकास मन्त्रालय फुटाएर जलश्रोत, सिँचाइ तथा खानेपानी मन्त्रालय र पर्यटन मन्त्रालय फुटाएर वन तथा वातावरण मन्त्रालय बनाएका छन् ।
संविधानले प्रदेश सभामा रहेकाे सांसदकाे २० प्रतिशतसम्म मन्त्री बनाउन सक्ने व्यवस्था गरेकाे छ । जस अनुसार गण्डकी प्रदेशमा १२ वटा सम्म मन्त्रालय बनाउने कानुनी व्यवस्था छ ।
मन्त्रालय फुटाएपछि गण्डकी प्रदेशमा निम्न मन्त्रालय रहने भएका छन् ।
१– मुख्यमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय
२– आर्थिक मामिला तथा याेजना मन्त्रालय
३– आन्तरिक मामिला तथा कानून मन्त्रालय
४– भाैतिक पूर्वाधार, शहरी तथा यातायात विकास मन्त्रालय
५– कृषि मन्त्रालय
६– समाजिक विकास मन्त्रालय
७– जलश्राेत, सिँचाई तथा खानेपानी मन्त्रालय
८– पर्यटन, उद्याेग तथा बाणिज्य मन्त्रालय
९–वन तथा वातावरण मन्त्रालय
१०– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
११–युवा तथा खेलकुद मन्त्रालय ।
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो