नेपाल प्रहरीका कर्तव्यनिष्ठ अधिकारीको निधन भएको छ । राष्ट्र र जनताको सेवामा अग्रपंक्तिमा खटिने क्रममा कोरोना संक्रमण हुन पुगेका प्रहरी नायव उपरीक्षक डीएसपी राजकुमार केसीको निधन भएको हो ।
केसीको विहीबार बिहान नेपाल प्रहरी अस्पताल, महाराजगन्जमा निधन भएको हो । कोरोना संक्रमण देखिएपछि डीएसपी केसीलाई २ हप्ता अगाडि अस्पतालमा भर्ना गरिएको थियो । डीएसपी केसी महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए ।
उनको स्थायी घर कागेश्वरी मनोहरा नगरपालिका मूलपानी हो । उनी प्रहरी संगठन भित्र इमान्दार, दक्ष र कर्तव्यनिष्ठ प्रहरी अधिकारीको रुपमा चिनिन्छन् । परिसर सरुवा हुनुअघि २०७७ वैशाख २१ गतेसम्म डिएसपी केसी जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत थिए ।
एसपी दानबहादुर कार्कीको कार्यकाल सफल बनाउन डिएसपी केसीको ठूलो भूमिका थियो । केसी कास्की प्रहरीमा सेकेण्डम्यान रहँदा जिम्मेवारीपूर्ण ढंगले प्रवक्ताको जिम्मा पूरा गरे । त्यसअघिका प्रवक्ता डिएसपी रविन्द्र गुरुङको फोन नै उठ्दैन भन्ने व्यापक गुनासो यहाँका सञ्चारकर्मीको रहँदा केसी काममा हुँदा नउठेको खण्डमा आफै कल ब्याक गरी आवश्यक सूचना प्रवाह गर्थे ।
प्रवक्ताको जिम्मेवारीमा मात्र होइन उनी फिल्डमा पनि सधैं खटिरहेका हुन्थे । ‘डिएसपी साबको काँधमा फुली नहेर्ने हो भने उहाँ प्रहरी अफिसर हो कि हैन भन्ने नै थाहा हुन्न । यति सिम्पल र नम्र हुनुहुन्छ कि ?‘ त्यसबेला जुनियर प्रहरी र सेवा लिन पुगेका आम नागरिक प्रायः ले यसै भन्ने गर्थे ।
कास्कीबाट काठमाण्डौ सरुवा भएपछि सुरुमा उनले महानगरीय प्रहरी परिसर काठमाडौंमा प्रवक्ताकै जिम्मेवारी सम्हाले । ०७७ साउन अन्तिमसाता मात्रै एसपी सोमेन्द्रसिंह राठौरलाई उक्त जिम्मेवारी दिइएको थियो ।
कोरोना विरुद्धको लडाईंमा फ्रण्टलाइनमा रहेर नेतृत्वदायी भुमिकामा रहेका गृह मन्त्रालय मातहतका प्रमुख जिल्ला अधिकारीदेखि प्रहरी अतिरिक्त महानिरीक्षक एआइजीसम्म संक्रमणको शिकार भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँमा कार्यरत अर्का डिएसपी नरेन्द्र चन्द पनि कोरोना पोजेटिभ भएपछि आइसोलेसनमा छन् ।
वैशाख ८ मा कोरोना पोजेटिभ देखिएका महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख (एआईजी) हरिबहादुर पालले कोरोनालाई जितिसकेका छन् । उनले पनि कास्कीको नेतृत्व सम्हालेका थिए ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ