पोखरामा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालसमा कोभिडका बिरामीको उपचार निःशुल्क छ । यससँगै दुई निजी अस्पतालमा समेत अब पैसा तिर्नुपर्नेछैन । पोखराको गण्डकी मेडिकल कलेज, पृथ्वीचोक र मनिपाल शिक्षण अस्पताल, फुलबारीमा कोरोना संक्रमितको उपचारमा बिरामीका परिवारले पैसा तिर्न नपर्ने भएको हो । खर्च सरकारले व्यहोर्नेछ ।
देशभरका ३० वटा अस्पतालमा कोरोना संक्रमितको उपचार गर्दा लाग्ने खर्च सरकारले व्यहोर्ने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग कोभिड–१९ केयर युनिट सञ्चालन सम्बन्धि सम्झौता गरेका अस्पतालमा संक्रमितको उपचार निःशुल्क हुने भएको हो ।
यदि कोही बिरामीले पैसा तिर्छु क्याबिनमा बसेर उपचार लिन्छु भन्यो भने पाउने तर, त्यो पैसा सरकारले नबेहोर्ने मन्त्रालयका प्रवक्ता समीर अधिकारी बताउँछन् । ‘कसैले म सरकारलाई भार पार्दिन आफैं पैसा तिरेर उपचार गर्छु पनि भन्न पाउनुहुन्छ,’ उनले भने, ‘तर, अस्पतालको क्याबिन लगायतका अन्य सुविधा लिएर उपचार लिनेको पैसा सरकारले तिर्दैन ।’
कुन–कुन अस्पताल ?
प्रदेश १ को विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल ।
प्रदेश २ को विरगन्जस्थित नेशनल मेडिकल कलेज र जनकपुरको जानकी मेडिकल कलेजमा संक्रमितको उपचार निःशुल्क हुन्छ ।
बागमती प्रदेशअन्तर्गत काठमाडौं सिभिल अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स भरपुर, नेपाल मेडिकल कलेज, नेशनल मेडिकल कलेज, पिपल्स डेन्टल कलेज एन्ड डेन्टल अस्पताल । चितवनस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, काठमाडौं नेशनल मेडिकल कलेज, महेन्द्र नारायण निधि मेमोरियल अस्पताल, समिट अस्पताल, हेल्पिङ हेन्ड्स सामुदायिक अस्पताल, नेपाल भारत मैत्री अस्पताल, बज्रबाराही चापागाउँ अस्पताल । आनन्दबन अस्पताल, काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्स, काठमाडौं मेडिकल कलेज, मेडिकेयर अस्पताल ।
गण्डकी प्रदेशमा गण्डकी मेडिकल कलेज र मणिपाल कलेज अफ मेडिकल साइन्स ।
लुम्बिनी प्रदेशमा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस र गुल्मीको रेसुङ्गा अस्पताल ।
सुदूरपश्चिम प्रदेशमा निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर, माया मेट्रो अस्पताल, पद्म अस्पताल, कैलाली अस्पताल, नवजीवन अस्पताल, सुदूरपश्चिम सामुदायिक अस्पताल ।

सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो