पोखरा । बिहीबार गण्डकीमा थप १३७२ जनामा कोरोना पुष्टी भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी दैनिक विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ३२७७ जनाको नमुना परीक्षण गरिएकोमा थप १३७२ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । गण्डकीमा एकैदिन कोरोना पुष्टि हुने र नमुना परीक्षण भएको यो संख्या अहिलेसम्मकै उच्च हो ।
आज पुष्टि हुनेमा कास्कीका ३५३ जना, तनहुँका ९३ जना, गोरखाका १५६ जना, लमजुङका १६ जना, नवलपुरका ९४ जना भने स्याङ्गजा जिल्लामा एकैपटक ६११ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै, पर्वतका १८ जना, बाग्लुङका ९ जना, म्याग्दीका २१ जना र मुस्ताङ जिल्लाका १ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३२ हजार ६० पुगेको छ । जसमा १० हजार १८८ सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ४३३ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २१ हजार ३९८ पुगेको छ ।
गण्डकीमा बिहीबारसम्म होम आइसोलेसनमा रहनेको संख्या ९ हजार ९०९ छ ।
बिहीबार पनि गण्डकीमा थप २१ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा पोखराका विभिन्न अस्पतालमा उपचाररत सात जना, नवलपुरका पाँच जना, स्याङ्गजाका चार जना, तनहुँका एक जना, गोरखाका दुई जना र बाग्लुङ जिल्लाका दुई जना छन्।
योसंगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४७३ पुगेको निर्देशनालयले जनाएको छ ।

सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?