पोखरा । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य एवं पार्टीका केन्द्रीय सदस्य कृष्ण थापालाई साधारण सदस्य समेत नरहने गरी एक वर्षका लागि निलम्बन गरेको छ ।
शनिबार बसेको केन्द्रीय समिति बैठकले थापालाई केन्द्रीय समिति सदस्य लगायत सबै जिम्मेवारीबाट निष्काशन गरेपनि प्रदेश सभा सदस्यबाट भने हटाएको छैन । गण्डकीको संसदीय दलको नेताको जिम्मेवारीमा रहेका थापालाई काँग्रेस नेतृत्वको सरकार गठनका बेला असहयोग गरेकै बेला उक्त पदबाट भने हटाइसकेको छ ।
पार्टीका महासचिव मनोज भट्टले सञ्चारमाध्यमलाई जानकारी दिए अनुसार थापाले पार्टी निर्देशन उल्लंघन गरी पार्टीको प्रतिष्ठामा आँच पुर्याउने कार्य गरेकाले कारवाही गरिएको हो ।
पहिलो चरणमा पार्टी सदस्यबाटै निलम्बन गरिएको र आगामी दिनमा पुनः पार्टीको निर्देशन उल्लंघन गरिएको अवस्थामा सांसदबाट समेत हटाइने बताइएको छ । जनमोर्चाले पृथ्वीसुब्बा नेतृत्वको सरकार विस्थापनका लागि काँग्रेस, माओवादी, जसपाको गठबन्धनलाई सहयोग गर्ने निर्णय गरिसकेका बेला थापा भने पार्टी निर्देशन विपरित हस्ताक्षर गर्न अस्वीकार गरेका थिए ।
वैशाख १५ गते नै अविश्वास प्रस्तावको छिनोफानो हुने दिन राजमोकै अर्का सांसद खीमविक्रम शाहीका कारण काँग्रेसबाट प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्रीको कुर्सीमा आसिन हुन पाएनन् । फेरि वैशाख २९ गते बहुमतीय सरकार गठनमा कृष्ण थापा हस्ताक्षर नै नगरी बागलुङ हानिएका थिए । त्यसपछि विपक्षीले नयाँ सरकार गठन गर्न सकेन र राजिनामा दिएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पुनः कुर्सीमै फर्किएका थिए ।
गण्डकीमा सरकार बनाउन र ढाल्न जनमोर्चाका सबै ३ मत निर्णायक हुन्छ । दुई पटकसम्म एक–एक जना सांसदको साथ नमिलेपछि काँग्रेसका नेपालीको मुख्यमन्त्री बन्ने सपनामा तुषारापात भएको थियो । प्रदेशमा ६० सांसद रहेकामा मुख्यमन्त्रीका पक्षमा २८ मत छ । बहुमतका लागि ३१ मत चाहिन्छ ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’