पोखरा । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य एवं पार्टीका केन्द्रीय सदस्य कृष्ण थापालाई साधारण सदस्य समेत नरहने गरी एक वर्षका लागि निलम्बन गरेको छ ।
शनिबार बसेको केन्द्रीय समिति बैठकले थापालाई केन्द्रीय समिति सदस्य लगायत सबै जिम्मेवारीबाट निष्काशन गरेपनि प्रदेश सभा सदस्यबाट भने हटाएको छैन । गण्डकीको संसदीय दलको नेताको जिम्मेवारीमा रहेका थापालाई काँग्रेस नेतृत्वको सरकार गठनका बेला असहयोग गरेकै बेला उक्त पदबाट भने हटाइसकेको छ ।
पार्टीका महासचिव मनोज भट्टले सञ्चारमाध्यमलाई जानकारी दिए अनुसार थापाले पार्टी निर्देशन उल्लंघन गरी पार्टीको प्रतिष्ठामा आँच पुर्याउने कार्य गरेकाले कारवाही गरिएको हो ।
पहिलो चरणमा पार्टी सदस्यबाटै निलम्बन गरिएको र आगामी दिनमा पुनः पार्टीको निर्देशन उल्लंघन गरिएको अवस्थामा सांसदबाट समेत हटाइने बताइएको छ । जनमोर्चाले पृथ्वीसुब्बा नेतृत्वको सरकार विस्थापनका लागि काँग्रेस, माओवादी, जसपाको गठबन्धनलाई सहयोग गर्ने निर्णय गरिसकेका बेला थापा भने पार्टी निर्देशन विपरित हस्ताक्षर गर्न अस्वीकार गरेका थिए ।
वैशाख १५ गते नै अविश्वास प्रस्तावको छिनोफानो हुने दिन राजमोकै अर्का सांसद खीमविक्रम शाहीका कारण काँग्रेसबाट प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्रीको कुर्सीमा आसिन हुन पाएनन् । फेरि वैशाख २९ गते बहुमतीय सरकार गठनमा कृष्ण थापा हस्ताक्षर नै नगरी बागलुङ हानिएका थिए । त्यसपछि विपक्षीले नयाँ सरकार गठन गर्न सकेन र राजिनामा दिएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पुनः कुर्सीमै फर्किएका थिए ।
गण्डकीमा सरकार बनाउन र ढाल्न जनमोर्चाका सबै ३ मत निर्णायक हुन्छ । दुई पटकसम्म एक–एक जना सांसदको साथ नमिलेपछि काँग्रेसका नेपालीको मुख्यमन्त्री बन्ने सपनामा तुषारापात भएको थियो । प्रदेशमा ६० सांसद रहेकामा मुख्यमन्त्रीका पक्षमा २८ मत छ । बहुमतका लागि ३१ मत चाहिन्छ ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ