बेलायती संसदमा नेपालाई कोरोनाविरुद्धको लडाईमा सहयोग गर्नेबारे छलफल भएको छ। उपल्लो सदन हाउस अफ लर्डसमा नेपाललाई सहयोग गर्नेबारे छलफल भएको हो।
छलफलमा नेपाल कोरोनाबाट धेरै प्रभावित भएको भन्दै सहयोग गर्न ढिला गर्न नहुने सांसदहरुले बताएका थिए। १० सांसदहरुले सोधेका एकपछि अर्को प्रश्नको जवाफ विदेश मन्त्रालयमा दक्षिण एसिया हेर्ने मन्त्री तारिक मोहम्मद अहमदले दिएका छन् । उनले नेपाली अधिकारीहरुसँग निरन्तर सम्वादमा रहेको र सक्दो सहयोग गर्ने बताएका छन् । तर नेपालले मागेको खोपबारे कुनै प्रतिवद्धता जनाएका छैनन् ।
बेलायती विदेश मन्त्रालयका तर्फबाट लर्ड अहमद अफ विम्बल्डनले कोभ्याक्स अन्तर्गत करिब २० लाख निःशुल्क डोज छुट्याएको र त्यसमध्ये तीन लाख ४८ हजार डोज नेपालमा पठाइसकिएको उनले बताएका।
बेलायतले अक्सिजन प्लान्ट निर्माणका लागि आर्थिक सहयोग गरेको बताउँदै थप सहयोगबारे छलफल भइरहेको सदनमा जानकारी दिए। लर्ड अहमदले नेपालमा स्वास्थ्य मन्त्रालयलाई सहयोग एवं प्राविधिक विज्ञहरु पठाउन लागिएको पनि जनाए।
बेलायती संसदमा विहिबार ११ मिनेट कोरोना महामारीविरुद्ध नेपाललाई सहयोग गर्नेबारे छलफल भएको थियो।
भिडियो
सम्बन्धित खबर
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
भारतीय संगीतकी सुप्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
बलिउडकी दिग्गज गायिका आशा भोसलेलाई हृदयघात, ९२ वर्षीया भोसलेको आईसीयूमा उपचार गरिँदै
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’