पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी हस्पिटल) मा अब कोभिडका बिरामीको मात्रै उपचार हुने भएको छ । आवश्यक प्रक्रिया पुरा गर्न अस्पतालले मंगलबारदेखि नै ओपिडी सेवा बन्द गर्दैछ ।
अब बढीमा २० दिनभित्र सबै तयारी सकिने र त्यसपछि संक्रमित राख्न सकिने अस्पतालले जनाएकाे छ । अहिले ८० बेड काेभिडका बिरामीका लागि छुट्टाइएकाेमा अब ३८० बेड थपिनेछ ।
गत ५ वैशाखमा बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले क्षेत्रीय अस्पताललाई कोरोना संक्रमितको मात्रै उपचार गराउने अस्पताल बनाउन केन्द्र सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो । साेहि बमाेजिम नेपाल सरकार सचिवस्तरको आइतबारको बैठकले क्षेत्रीय अस्पताललाई कोरोना संक्रमितको मात्रै उपचार गर्ने अस्पताल बनाउने निर्णय गरेको थियो ।
गम्भीर बिरामीको उपचारका लागि अस्पतालको इमर्जेन्सी सेवा भने यथावत रहने छ । मृगौलाका बिरामीका लागि डायलासिस पनि निरन्तर रहने जनाइएकाे छ ।
अस्पतालका सबै बेडमा अक्सिजन पुर्याउने पाइप जडान भएपछि पाँच सय बेड संक्रमितको उपचारमा प्रयोग गर्न सकिनेछ । अक्सिजनकाे व्यवस्था भएपछि नागरिकलाई सहज हुनेछ । पहिल्यै गर्नुपर्ने काम बल्ल अहिले अग्रसरता देखाइएकाे छ ।
सम्बन्धित खबर
सरकार असफल भएको कांग्रेसको दाबी, भन्यो – ‘जनविश्वासको संकटमा घेरिएको सरकार विषयान्तर गर्न माहिर छ’
‘सरकारविरुद्ध आन्दोलनमा जानुपर्ने हुनसक्छ, तयार रहनू’: शंकर पोखरेल
कांग्रेस पूर्वसभापति देउवा दम्पति साउन २३ गते फर्किने
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
संकटको बेला सरकारले नै सर्वदलीय बैठक बोलाउनुपर्थ्यो : शंकर पोखरेल
सिरहामा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो