पोखरा – मंगलबार कास्कीका ४४० सहित गण्डकीमा थप १५४९ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी दैनिक विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ३ हजार ३६८ जनामा गरिएको नमुना परीक्षणमा थप १५४९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
आज पुष्टि भएका संक्रमित कास्कीका ४४० जना, तनहुँका ६२ जना, गोरखाका २२३ जना, लमजुङका २३९ जना, नवलपुरका १५६ जनार स्याङ्गजाका २४० जना छन्।
यस्तै, पर्वतका ९२ जना, बाग्लुङका दुई जना, म्याग्दीका ५१ जना र मुस्ताङ जिल्लाका ४४ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३६ हजार ८७५ पुगेको छ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट १२७७ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २५ हजार ६९७ पुगेको छ।
मंगलबार पनि गण्डकीमा थप १९ जनाको मृत्यु पुष्टि भएको छ।
आज पुष्टि भएका मृतकहरु कास्कीका नौ जना, तनहुँका दुई जना, गोरखाका एक जना, लमजुङका एक जना, नवलपुरका एक जना, स्याङ्गजाका दुई जना, पर्वतका एक जना, बाग्लुङका एक जना र मुस्ताङ जिल्लाका एक जना छन् ।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५७० पुगेको निर्देशनालयले जनाएको छ।

सम्बन्धित खबर
भद्रगोलबीच रास्वपाका १३ सय ५२ प्रतिनिधिले गरेनन् मतदान
रास्वपाका नेता, कार्यकर्ता महाधिवेशन नसकिँदै चितवन छाड्न थाले, महाधिवेन भद्रगोल
रवि लामिछानेको सम्बोधनसँगै रास्वपा महाधिवेशनको बन्दसत्र सुरु
रास्वपा महाधिवेशन लम्बिने, बन्दसत्र अनिश्चित, घुमघाममा प्रधानमन्त्री बालेन
रास्वपा सभापति लामिछानेको सहकारी ठगीबाहेक सबै अदालतबाट संगठित अपराधका मुद्दा फिर्ता
दुई करोड अनुदान घट्दा बिरुवाका दर्जनौँ योजना प्रभावित
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्
फेवातालमा बेपत्ता युवकको शव फेला