गण्डकी प्रदेश सभाको वर्षे अधिवेशन जेठ १६ गते बोलाइएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले १६ गते दिउँसो १ बजे सभागृहमा अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गरेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता रामशरण बस्नेतले बताए ।
कोरोनाको अवस्था सामान्य बन्दै गएपछि नदिपुरस्थित प्रदेशसभा भवनमै बैठक बस्न थालिएकोमा फेरि पोखरा सभागृहमै अधिवेशन बस्ने भउको छ । गत वर्ष पनि पाेखरा सभागृहमै बजेट अधिवेशन भएकाे थियाे ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २९ भित्र विश्वासको मत लिनुपर्ने र बजेट असार १ सम्म ल्याउनुपर्ने भएकाले प्रदेश सभा बैठक डाकिएको हो । मुख्यमन्त्री गुरुङ वैशाख २९ गते दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए । असार १ गते बजेट ल्याउनुपर्ने प्रावधान छ भने त्यस अगावै नीति तथा कार्यक्रम पारित गर्नु पर्ने हुन्छ ।
यो अधिवेशनमा मुख्यमन्त्रीले विश्वासको मत लिन सकेनन् भने अर्को सरकार गठन पनि सहज छैन । यसले
गण्डकी पनि मध्यावधिकै बाटोमा जाने देखिएको छ । बजेट अगावै सरकार फेरबदल भएमा वा मुख्यमन्त्रीले बजेट ल्याउन नसकेमा काम चलाउन सरकारले अध्यायदेशमार्फत पनि बजेट ल्याउनुपर्ने अवस्था आउन सक्छ ।
गण्डकी प्रदेश सरकारको सातौं अधिवेशन चैत २५ गतेबाट सुरु भएर वैशाख २ गते अन्त्य भएको थियो । त्यस लगत्तै वैशाख १३ गतेबाट विशेष अधिवेशन चलेको थियो ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो