हरि बास्तोला (पोखरा) । पर्यटकीय नगरी पोखराको विश्वशान्ति जैविक विविधता उद्यान रानीवनस्थित वन्यजन्तु उद्धार केन्द्रमा रतुवा मृग हेर्न पाइने भएको छ ।
फेवाताल किनारास्थित फेवा सव डिभिजन वन कार्यालयको हातामा निर्माण गरिएको उद्धार केन्द्रमा गण्डकी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री विकास लम्सालले आज एक जोडी रतुवा मृग छोडेका हुन् । तनहुँ जिल्लाबाट उद्धार गरिएको डेढ बर्षको पोथी र लगभग सात बर्षको भाले उक्त जोडी रतुवा मृग लेखनाथको पचभैयास्थित वन्यजन्तु उद्धार केन्द्रवाट ल्याइएको हो ।

डिभिजन वन कार्यालय कास्कीले १८ लाख रुपैयाको लागतमा रानीवनमा निर्माण सम्पन्न गरेको सो वन्यजन्तु उद्धार केन्द्र हालै सञ्चालमा ल्याएको हो ।
वन्यजन्तु उद्धार केन्द्रलाई व्यवस्थित बनाइने बताउँदै मन्त्री लम्सालले प्रदेश भित्रका बिभिन्न दुर्लभ जिवजन्तुलाई संरक्षण गर्दै यहाँ आउने पर्यटकले देख्न पाउने गरि व्यवस्थित गर्दै लगिने जानकारी दिए ।
उद्धार केन्द्रलाई आकर्षक गन्तव्यका रुपमा विकास गर्न बजेटको कमी हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै उनले यसका लागि सम्वद्ध निकायले पनि उत्तिकै चासो दिनुपर्नेमा ध्यानाकर्षण गराए ।
“प्रदेश अन्तर्गतका ११ वटै जिल्लामा वन्यजन्तु उद्धार केन्द्र निर्माण गर्ने मन्त्रालयको योजना रहेको छ” उनले भने “अव प्रणाली उद्धार केन्द्रमा उपचार गरिएका बन्यजन्तु बाहिर नपठाई प्रदेश भित्रै व्यवस्थापन गरिने छ ।”
मुलुकका सामुदायिक वन समुहलाई समेत बिभिन्न बन्यजन्तुको प्रजनन स्थलका रुपमा विकास गरिने तयारी भई रहेको बताउँदै उनले वन्यजन्तुलाई घेरा भित्र नभई प्राकृतिक रुपमै प्रजनन तथा हुर्कने वातावरण बनाउँदै वन वातावरणको संरक्षणसंगै पर्यापर्यटन विकासमा जोड दिइने बताए ।

डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालले वन तथा वन्यजन्तु संरक्षणका लागि आवश्यक पूर्वाधार, प्रविधि एवम् जनशक्तिको अभाव रहेको बताउँदै आवश्यक व्यवस्थापनका लागि तीनै तहका सरकार बीच समन्वय हुनु पर्नेमा जोड दिए ।
उक्त स्थानमा स्थापित नर्सरीमा बिभिन्न जातका ३० हजार विरुवा उत्पादन भई रहेको बताउँदै उनले चार लाख रुपैयाको लागतमा वन रक्षको लागि निर्माण गरिएका जिर्ण भवनको मर्मत गरिएको जानकारी दिए ।
पचभैया प्राणी उद्धार केन्द्रका व्यवस्थापक विनय अधिकारीका अनुसार उद्धार केन्द्रमा हाल १५ वटा रतुवा मृग सहित चरिवाँघ, वन विरोलो, हुचील, गिद्ध निलगाई, स्याल, पानी र सुख्खामा पाईने कछुवा लगायतका बिभिन्न १८ प्रजातिका वन्यजन्तु रहेका छन् । केन्द्रमा घाईते वन्यजन्तुको उद्धारका लागि एउटा एम्वुलेन्स समेत व्यवस्था गरिएको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह