पोखरा । पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ७३३ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीका ३ हजार ३९९ जनामा गरिएको नमुना परीक्षणमा उक्त सङ्ख्याका मानिसको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
आज पुष्टि भएका संक्रमित प्रदेशका १० जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ४४५ जना, तनहुँका १७० जना, गोरखाका २१९ जना, लमजुङका ६५ जना, नवलपुरका १११ जना र स्याङ्गजाका ९५ जना छन् ।
यस्तै, पर्वतका ११९ जना, बाग्लुङका ४१६ जना र म्याग्दी जिल्लाका ९३ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३९ हजार ६८७ पुगेको छ । जसमा ११ हजार २६७ सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट १ हजार १८८ कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २७ हजार ८२६ पुगेको छ।
बिहीबार पनि गण्डकीमा थप १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ । मृत्यु पुष्टि हुनेमा कास्कीका छ जना, तनहुँका एक जना, नवलपुरका तीन जना, स्याङ्गजाका चार जना, पर्वतका दुई जना र म्याग्दीका एक जना छन् ।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५९४ पुगेको निर्देशनालयले जनाएको छ ।

सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी