पोखरा । बिहीबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत ६ जना संक्रमितको अक्सिजन अभावमा मृत्यु भएको छ ।
मृत्यु हुनेमा तनहुँका तीन जना, स्याङ्गजा, पर्वत र म्याग्दी जिल्लाका एक-एक गरी छ जना छन् । मृतकहरु सुत्केरी, डायलोसिस गरिरहेका, कलेजोको समस्या भएका र केही सामान्य बिरामी छन् ।
अस्पतालका अक्सिजन फोकल पर्सन बिमल बरालका अनुसार बिहीबार दिउँसो ४ बजेदेखि अक्सिजनको अभाव हुन थालेको थियो । अक्सिजन उद्योगबाट उत्पादन कम भएका कारण पर्याप्त अक्सिजन नपाएको बरालले जानकारी दिए ।
यता, अस्पतालका फोकल पर्सन डा. शरद बरालले हाइफ्लो अक्सिजन नपाउँदा सुत्केरीको ज्यान गएको स्वीकार गरेपनि अन्य बिरामीमा भने दीर्घ रोगले बढी च्यापेको बताए । अस्पतालमा हाइफ्लोका बिरामी बढ्दा एक्कासी अक्सिजनको समस्या देखियो । “हाइफ्लोमा अक्सिजन दिँदा प्रतिमिनेट ६० देखि ८० लिटर अक्सिजन खपत हुन्छ, डा. बरालले भने।”
अक्सिजन अभावमा मृत्यु भएपछि अस्पतालले बेलैमा आफूहरुलाई सचेत गराइदिएको भए जसरी पनि अक्सिजन जोहो गर्ने सकिने मृतकका आफन्तहरुले सम्भावना व्यक्त गरे । “अस्पतालले अक्सिजनको अभाव छ, समयमा नआउन सक्छ, खोज्दै गर्नुस् भनेको भए, जसोतसो जोहो गर्थ्यौं, एक आफन्तले गहभरी आँशु पार्दै दुखेसो पोखे।”
बिहीबार दिउँसोबाटै पोखरामा विद्युतको नियमित आपूर्ति नहुँदा अक्सिजन उद्योगमा उत्पादन प्रभावित बनेको थियो। अस्पतालले पोखरा अक्सिजन ग्यास उद्योगबाट अक्सिजन खपत गर्दै आइरहेको छ ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु