पोखरा । सामाजिक सेवामा विश्वव्यापी ब्राण्ड बनाएको लायन्स क्लब अन्तराष्ट्रियको मल्टीपल ३२५ को यही जेठ २१ र २२ गते अधिवेशन हुने भएको छ ।
अधिवेशन नजिकिएसंगै अन्तराष्ट्रिय डाइरेक्टर पदमा ‘को चुनिने’ भन्ने बिषयले अझ बढी महत्व पाएको छ ।
डिष्ट्रिक ३२५ बि १ को तर्फबाट अन्तराष्ट्रिय डाइरेक्टर पदमा उमेदवार बनेका बालकृष्ण बुर्लाकोटी सहज जितको अपेक्षा सहित सामाजिक सेवा र चुनावी अभियान दुबैमा लागिपरेका छन् । बुर्लाकोटीलाई नजिकबाट चिन्नेहरु उनको अद्भुत नेतृत्व क्षमता र लोकप्रिय व्यक्तित्वका कारण पनि उनको सहज जितको आँकलन गर्दछन् ।
‘यदि तपाइको जित भएमा देशलाई के फाइदा हुन्छ ?’ भन्ने हाम्रो सवालमा उनी भन्छन् – “ठुला र स्थायी परियोजना भित्राउने र सामाजिक कार्यमा नेपाललाई विश्वभर चिनाउने मेरो योजना छ ।” नेपालमा हाल ४ वटा डिष्ट्रिक रहेको र सबैबाट उल्लेख्य सहयोग र सद्भाब आफुप्रति रहेको बताउने बुर्लाकोटी लायन्स अभियानलाई नेपालमा सामाजिक सेवाको पर्यायको रुपमा स्थापित गरी छाड्ने अठोट आफुसँग रहेको बताउँछन् ।
अन्तराष्ट्रिय डाइरेक्टर पदका लागि नेपालबाट बुर्लाकोटी बाहेक डिष्ट्रिक ३२५ ए १ बाट खगेन्द्र सिटौला समेत छन् भने, हालसम्म उक्त पदमा नेपालबाट सन्जय खेतान मात्र पुग्न सकेका छन् । स्मरण रहोस् हालको असहज परिस्थितीमा समेत लायन्सले आफ्नो सामाजिक धर्म विभिन्न कार्य मार्फत निभाउदै आइरहेको छ ।
हालैमात्र पोखरामा १०० बेडको कोरोना अस्पताल समेत लायन्स क्लब डिष्ट्रिक ३२५ बि १ को सहयोगमा सम्पन्न भई संचालनमा आइरहेको छ ।
सम्बन्धित खबर
सुदनले अन्तिम विकल्प संसद पुनर्स्थापना हुनसक्छ भनेपछि जेनजीहरू त्रसित
पोखरा विमानस्थलका आयोजना प्रमुख बिनेश मुनंकर्मीविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?