पोखरा । पछिल्लो २४ घण्टामा गण्डकीका ४७३ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोनासँग सम्बन्धि दैनिक विज्ञप्ति अनुसार गण्डकीका १ हजार १११ जनामा गरिएको नमुना परीक्षणमा थप ४७३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज पुष्टि भएका संक्रमित प्रदेशका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका २०१ जना, तनहुँका २१ जना, गोरखाका आठ जना, लमजुङका ४१ जना, नवलपुरका ६३ जना र स्याङ्गजाका ३५ जना छन् ।
यस्तै, पर्वतका ६२ जना, बाग्लुङका ३० जना र म्याग्दी जिल्लाका १२ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४२ हजार ९९७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ६८८ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ३१ हजार ८७९ पुगेको छ।
सोमबार पनि गण्डकीमा १६ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीको पोखरामा उपचाररत विभिन्न जिल्लाका सात जना, तनहुँका दुई जना, नवलपुरका चार जना, स्याङ्गजाका तीन जना, पर्वतका एक जना, बागलुङका एक जना र म्याग्दीका एक जना छन् ।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६९४ पुगेको निर्देशनालयले जनाएको छ ।



सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ