जनमोर्चा सांसद कृष्ण थापालाई ननिकाल्न सर्वोच्चको अन्तरिम आदेश

जनमोर्चा सांसद कृष्ण थापालाई ननिकाल्न सर्वोच्चको अन्तरिम आदेश

Krishna Thapa rajamo 1

पोखरा।  राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद पद खारेज नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । आइतबार न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको हो।

सरकारविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि पार्टीले सहयोग गर्न ह्वीप नै जारी गरिरहँदा थापाले पार्टीको निर्देशन मानेका थिएनन् ।

उनको पार्टीले सांसदबाटै हटाएपछि थापाले शुक्रबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ