तनहुँको व्यास नगरपालिका–३ विपी वनवाटिकास्थित खेलमैदानमा निर्माण गरिएको पर्खाल भत्किएको छ । गुणस्तरहिन काम गरेको असरका कारण आइतबार परेको वर्षाले पर्खाल भत्किएको हो ।
नगरपालिकाले विसं २०७६ सालमा सम्झौता गरी उपभोक्ता समितिमार्फत् उक्त काम गराएको थियो । कूल रु ५० लाखको योजनामध्ये रु दश लाख अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।
नगरपालिकाले सम्झौताकै वर्ष उपभोक्ता समितिलाई रु १३ लाख २० हजार पेश्की दिएको थियो । उपभोक्ता समितिले पर्खाल निर्माणको काम एकदमै गुणस्तरहिन गरेकोले कमजोरी लुकाउन केही समय अगाडि मात्रै पर्खालमा प्लाष्टर समेत गरेको थियो ।
नगरपालिकाले भने सम्झौता भएपछि उपभोक्ता समितिले प्राविधिकसँग समन्वय नगरी काम गरेको बताएको छ । उपभोक्ता समितिले गरेको काम प्राविधिक हिसाबले नभएपछि नगरपालिकाले विसं २०७७ साउन २१ गते सम्झौता रद्द गरेको थियो ।
उपभोक्ता समितिमार्फत् रु १७ लाखको काम भएको मूल्याङ्कनपछि नगरपालिकाले आफ्नो दायित्वको ८० प्रतिशत रकम फछ्र्यौट गरेको योजना कार्यान्वयन उपशाखाका नासु भेषराज तिवारीले जानकारी दिए । “उपभोक्ता समितिले पेश्कीबापत् लगेको रकममात्रै फछ्र्याैट भएको छ, थप रकम भुक्तानी भएको छैन,” उनले भने । उपभोक्ता समितिमार्फत् भएका कामको नगरपालिकाका इन्जिनियरले मूल्याङ्कन गर्न नसक्ने भएपछि सम्झौता रद्द गरिएको नगरपालिकाले जनाएको छ ।
बिममाथिबाट पिल्लर उठेको हुनाले त्यो भन्दा माथि थप संरचना निर्माण गर्न नमिल्ने प्राविधिकले ठहर गरेका थिए । “इन्जिनियरिङ पाटोबाट जति मूल्याङ्कन गर्न सकिन्थ्यो त्यतिमात्रै मूल्याङ्कन भएपछि सम्झौता रद्द भइसकेको छ,” तिवारीले भने ।
व्यास नगरपालिकाका योजना शाखा प्रमुख वरिष्ठ इन्जिनियर डा. राजु पौडेलले आफू घरायसी कामका कारण जिल्ला बाहिर रहेकाले नगरपालिकाका अर्का इन्जिनियरलाई यसबारेमा बुझ्न पठाएको जानकारी दिए । उपभोक्ता समितिका अध्यक्ष कुमार श्रेष्ठले भने पर्खाल भत्किएको विषयमा आफूलाई जानकारी नभएको र उक्त काम पहिल्यै आफूहरुले छाडिसकेको प्रतिक्रिया दिए ।
सम्बन्धित खबर
विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ: गण्डकी मुख्यमन्त्री पाण्डे
सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा
पोखराबाट भरतपुर र नेपालगञ्जसम्मको हवाई उडान स्थगित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ
महालेखा परीक्षक कार्यालयको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’