काठमाण्डौ। कास्कीका एमाले नेता खगराज अधिकारी गृहमन्त्रीमा नियुक्त भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार पुनः मन्त्रिपरिषद्को विस्तार गर्दै अधिकारीलाई गृहमन्त्रीमा नियुक्ती गरेका हुन् ।
बिसं २०१८ साल चैत्र २५ गते कास्कीको लेखनाथस्थित बेगनासमा जन्मिएका अधिकारी सुशील कोइराला नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री भएका थिए ।
२०२९ सालमा स्थानिय आनन्द ज्योति माविको स्वबियु सभापतिको रूपमा बिद्यार्थी राजनीति हुदै सक्रिय रहेका अधिकारी राजनितिमा होमिएका थिए ।
अधिकारीले बिद्यार्थी राजनितिमा २०३७ सालमा केन्द्रिय स्वबियु सदस्य, २०४०/४१ मा पृथ्वीनारायण क्याम्पस पोखराको स्वबियु सभापति हुदै अनेरास्ववियु केन्द्रिय कमिटी उपाध्यक्ष सम्मको जिम्मेवारी सम्हालेका थिए ।
विभिन्न राजनितिक घटना क्रममा ५ पटक सम्म जेल जिवन बिताएका उनी एमाले कास्की सचिब हुदै जिल्ला कमिटी अध्यक्ष पनि भएका थिए ।
२०७४ सालमा कास्कीबाट निर्वाचित अधिकारी सुरुमा एमाले संसदीय दलको सचेतक र केही समय प्रमुख सचेतक रहे । तर नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि उनको जिम्मेवारी खोसिएको थियो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन