पोखरा। बिहीबार गण्डकीका ५६६ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ६३३ जनामा गरिएको नमुना परीक्षणमा ५६६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज संक्रमण पुष्टि हुनेमा प्रदेशका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ११८ जना, तनहुँका ७१ जना, गोरखाका ७८ जना, लमजुङका ५१ जना, नवलपुरका ९५ जना र स्याङ्गजाका ४७ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै, पर्वतका चार जना, बाग्लुङका ८१ जना र म्याग्दी जिल्लाका २१ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४९ हजार ३८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ८०८ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोना मुक्त हुनेको संख्या ४१ हजार ६६१ पुगेको छ । जसमा ६ हजार ५६० सक्रिय संक्रमित छन् ।
बिहीबार पनि गण्डकीमा १८ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा रुपन्देही जिल्ला बुटबल उपमहानगरपालिका -२ घर भइ हाल पोखराको मणिपाल अस्पतालमा उपचाररत २८ वर्षीय युवकसहित पोखराका सात जना, तनहुँका एक जना, गोरखाका तीन जना, नवलपुरका दुई जना जना, स्याङ्गजाका एक जना, बाग्लुङका तीन जना र म्याग्दी जिल्लाका एक जना छन् ।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८१७ पुगेको निर्देशनालयले जनाएको छ ।



सम्बन्धित खबर
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?