पोखरा । गण्डकीका पूर्वमुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले केपी शर्मा ओलीले दिएको निर्देशनकै कारण आफूले राजनीतिक निष्ठा गुमाउन नसक्ने बताएका छन् । आइतबार सरकारी निवास छाड्नु अघि सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले आफू कसैको दबाबमा निष्ठा छाड्ने मान्छे नरहेको प्रतिक्रिया दिए ।
गुरुङले केही एमाले नेताहरुका कारण मुलुकको राजनीति फेरिएको दावी गर्दै ‘दहीझैं जमेर बसेको राजनीतिमा कागति निचोरेर फालेजस्तो भएको प्रतिक्रिया दिए । उनले अगाडी भने -“अहिले बनेको गठबन्धन केही एमाले नेताकै कारण हो । अर्को दलको नेतालाई प्रधानमन्त्री बनाउँछु भनेर हस्ताक्षर नगरेको भए यो गठबन्धन बन्थेन।”
उनले पुनः मुख्यमन्त्रीमा दाबी गरेको विषयमा स्पष्ट पार्दै सभामुखबाहेक अन्य ५९ सांसदले नै दाबी गर्न सक्ने बताए । ‘मैले हाम्रो पार्टीको २७ जना सांसदको विवरण बुझाएको हुँ,’ । उनले गठबन्धनबाट बनाइएका सरकार जुनसुकै बेला पनि परिवर्तन हुन सक्ने बताए ।
गुरुङले केन्द्रका नेताका कारण अस्थिरता निम्तिएको भन्दै जुँगाको लडाइँ छाड्नुपर्ने बताए । गुरुङले अगाडी भने – ‘एउटा नेतालाई मात्रै दोष दिन मिल्दैन, सबै केन्द्रका नेताले आफूलाई सच्याउनुपर्छ, जुँगाको लडाइँ रोक्नुपर्छ ।’
गुरुङले अन्तिममा दीपक मनाङे तर्फ इङ्गित गर्दै मनाङेले अप्ठेरोमा साथ छोडेको बताए । ‘रत्नाकर वाल्मीकि बन्छ भने मनाङेले पनि राजनीति सेवा गर्न किन सक्दैन भनेर सांसद बनायौं,’ सांसदको शपथ खुवाए । उसलाई सुधार्न र राजनीतिबाट समाजसेवामा जोड्नको लागि मन्त्री बनाएको थिए । उसले पछि मलाई सम्झिनेछ ।’
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन