गण्डकीका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न दिएको अन्तरिम आदेश खारेज

गण्डकीका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न दिएको अन्तरिम आदेश खारेज

Krishna Thapa rajamo 1

पोखरा। सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेको छ।

सोमबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले थापालाई उनको पार्टी राष्ट्रिय जनमोर्चाले गरेको निष्कासनको कारबाही कानुन बमोजिम नै रहेको ठहर गर्दै पुनर्बहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेको हो ।

अदालतको आदेशसँगै थापा प्रदेश सभा सदस्यबाट पदमुक्त भएका छन् ।

विपक्षी गठबन्धनलाई साथ नदिएको भन्दै जनमोर्चाले थापालाई प्रदेश सभा सदस्यबाटै हटाएको थियो । पार्टीको निर्णयविरुद्ध जेठ २१ गते मुद्दा हालेका थापाको पद जेठ २३ गते सर्वोच्चले अन्तरिम आदेशमार्फत बचाउ गरेपनि अन्तरिम आदेशविरुद्ध गण्डकी प्रदेश सभा सचिवालय र राष्ट्रिय जनमोर्चाले भ्याकेट निवेदन दिएका थियाे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds