सिन्ह्वा । संयुक्त राष्ट्रसंघको बालबालिका सम्बन्धी कार्यक्रम युनिसेफले इथियोपियाका टिगरे भन्ने स्थानका कम्तीमा पनि ३३ हजार बालबालिका कुपोषणका कारणले ज्यान जाने अवस्थामा पुगेका बताएको छ ।
युनिसेफले सो क्षेत्रका ५६ हजार जना बालबालिकाको अवस्था निकै नाजुक रहेको भन्दै ती मध्येमा पनि ३३ हजार जना त कुपोषणका कारणले मृत्युको मुखमा नै पुगेका बताएको छ । संयुक्त राष्ट्रसंघीय कार्यक्रम युनिसेफले सोमबार सो कुराको जानकारी दिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी गराएका छन् ।
उक्त कार्यक्रमका अनुसार सो क्षेत्र इथियोपियाको द्धन्द्धग्रस्त क्षेत्रका रुपमा रहेको छ । सो क्षेत्रमा निकै लामो समयदेखि जातीय विद्रोही समूहले हिंसा गरिरहेको छ । यसैकारणले सो क्षेत्रमा मानवीय सहायता पनि पु-याउन सकिएको छैन । ती बालबालिका र उनीहरुका आमाबुबाको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर सो क्षेत्रमा आवश्यक खाद्य सहायता पु-याउनु पर्ने बताइएको हो ।
युनिसेफकी कार्यकारी निर्देशक हेनरिटा फोरले सो क्षेत्रमा सहयोगका पु-याउने कामको समन्वयका लागि र सहयोग दिनका लागि इथियोपियाको सरकार र अरु विश्वका दाताहरुमा आग्रह गरेका छन्।
उनले उत्तरी इथियोपियामा कम्तीमा पनि २२ लाख मानिस सहयोगको आशामा रहेका बताए। उनले ती सबै नागरिकलाई सहयोग आवश्यक रहेको र उनीहरुको सहयोगका लागि आवश्यक वातावरण बनाएर उद्धार गरेर त्यहाँ सहयोग पु-याउन सकेमा मात्र ३३ हजार बालबालिकाको ज्यान बचाउन सकिने जानकारी दिएका हुन्।
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन