पोखरा। गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बाढी प्रभावित मनाङ जिल्लाको अवलोकनमा निस्किएका छन् ।
गृह मन्त्रालयको समन्वयमा हेलिकोप्टर व्यवस्थापन गरी राहत सामग्रीसहित मनाङका विभिन्न स्थानमा बाढी पहिरोले पु¥याएको क्षतिको अवलोकनका लागि प्रस्थान गरेका हुन् । उनको साथमा मन्त्री दीपक मनाङे र सांसद चिन्तबहादुर घले पनि गएका छन् ।
यसअघि मुख्यमन्त्री पोखरेलको अध्यक्षतामा आज बसेको गण्डकी प्रदेशस्तरीय प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले विपद् कोषमा तत्कालका लागि पाँच करोड रुपैयाँ राख्ने निर्णय गरेको छ ।
प्रदेश र जिल्ला स्थित सुरक्षाकर्मी, जनप्रतिनीधि, सरकारी तथा गैरसरकारी कार्यालयलाई मुख्यमन्त्री पोखरेलले विपद्को यस अवस्थामा तत्काल उद्वार एवम् सहयोगमा लाग्न र पूर्वतयारीमा रहन निर्देशन दिएका छन् ।
सम्बन्धित खबर
पोखरा ६ मा प्रथम वडा स्तरीय बुद्धिचाल प्रतियोगिता
रामघाटबाट ड्रग्ससहित तीन युवक पक्राउ
चौथो संस्करणको अन्नपूर्ण म्याराथन जेठ २१ मा हुँदै
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
चिल्ड्रेन नेपालद्वारा सहारा आ.वि. मा सहयोग
पोखरामा जुवातास खेल्ने ६ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग