लमजुङ । यहाँ उत्पादन भएको बिजुलीले देश नै झिलिमिली भएपनि जिल्लाकै बासिन्दा भने मारमा रहेका छन् ।
जिल्लामा आधा दर्जनभन्दा बढी आयोजनाबाट बिजुली उत्पादन गरेर राष्ट्रिय प्रशारण लाइनमा जोडी सके पनि यहाँका बासिन्दा भने पटकपटक बिजुली आउने र जाने समस्याले मारमा परेका हुन् ।
यतिबेला दैनिक ५०/६० पटक बिजुली आउने जाने गर्नाले जिल्लामा दैनिक कामकाज प्रभावित हुँदा उपभोक्ता मारमा परेका छन् । नेपाल विद्युत प्राधिकरणको मातहतमा रहेको लमजुङ विद्युत् उपभोक्ता संस्थाले लमजुङ र तनहुँमा गरी करीब ३१ हजार घरधुरीमा विद्युत् सेवा दिँदै आएको छ । संस्थाका अध्यक्ष श्रीकान्त घिमिरेका अनुसार जिल्लामा प्रत्येक महिना १२ देखि १३ लाख युनिट विद्युत् खपत हुँदै आएको छ ।
लमजुङ पानी उद्योगका सञ्चालक राजेश थापाले बिजुलीको अनियमित आपूर्तिले गर्दा व्यवसायीलाई ठूलो नोक्सान भइरहेको बताए। बेँसीशहर नगरपालिका-३ बाहुनबेँसीका विश्वविनोद घिमिरेले बत्ती आउने जाने समस्याले बालबालिकालाई अनलाइन माध्यमबाट पढाउन समेत समस्या भएको गुनासो सुनाए।
संस्थाका अध्यक्ष घिमिरेले शुरुमा चार हजार ५०० जनाको लागि बनाएको संरचनाले हालसम्म पनि त्यसमै भर पर्नुपर्दा, बिजुलीका पोलहरु काठका भएको र फेर्नुपर्ने, २० एमबीको ट्रान्सफर्मरर नभएको र यसबारेमा प्राधिकरणले चासो नदिँदा बत्ती जाने आउने समस्या भएको बताए। यता प्राधिकरण लमजुङ वितरण केन्द्रका प्रमुख यमकुमारी गुरुङले विद्युत् उपभोक्ता संस्थाले विभिन्न पुराना संरचनाहरु मर्मत नगर्दा नै समस्या रहेको बताइन्।
सम्बन्धित खबर
लमजुङमा पहिरोले घर भत्किँदा बाबु-छोरीको मृत्यु
खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गरेको छः प्रदेश प्रमुख भट्ट
लमजुङमा जिप दुर्घटना हुँदा दुई महिलाको मृत्यु, १२ जना घाइते
जिप अचानक गुड्दा चालकको च्यापिएर मृत्यु
लमजुङमा आफैले चलाएको ट्याक्टर पल्टिँदा च्यापिएर मृत्यु
पृथ्वीसुब्बा गुरुङको चुनावी प्रचारप्रसार अभियान दोर्दीबाट सुरु
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ जाँदै
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित