गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको नाम तमुवान राखे आफ्नो सरकार जोगाइदिने प्रस्ताव आएको दाबी गरेका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सदनमा राखेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफल गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
फूलाई संसदको एउटा दलले त्यस्तो अफर गरे पनि आफूले नस्विकारेको उनले बताए । कुन पार्टी हो भन्ने बारे उनले केही खुलाएनन् । ‘यो समीकरण बनाउने बेला धेरै साथीहरुसँग कुरा ग¥र्यौं ।‘एउटा पार्टीले मलाई भन्यो, तैँले चाहिँ गण्डकीको नाम तमुवान राख्न सक्छस् भने तेरो सरकार बचाउँछौ । मैले चाहिँदैन, यो बाटोमा म हिँड्न सक्दिन । मैले यही भन्या हो ।’
जातीय सद्भाव, सांस्कृतिक सद्भाव र सामाजिक सद्भाव जोगाउने सबैको कर्तव्य रहेको उल्लेख गर्दै त्यसलाई कसैले भत्काउन खोजे आफूहरू चुप लागेर नबस्ने र सशक्त प्रतिवादमा उत्रिने चेतावनी समेत दिए।
जातीय सद्भाव कायम गर्ने उद्देश्यले नै सबै पार्टीसँगको छलफलमा प्रदेशको नाम गण्डकी नामाकरण गरिएको स्मरण गर्दै उनले सानो दु:खले गण्डकी प्रदेश नबनेको भन्दै जातीय सद्भाव र सांस्कृतिक सद्भाव गण्डकी प्रदेशको ठुलो सम्पत्ति रहेको र त्यसलाई बचाउनुपर्ने बताए।
व्यक्तिगत रूपमा मुख्यमन्त्री पोखरेल राजनीतिक इतिहास बोकेको परिवारबाट आएको र प्रदेशसभामा रहेका ५९ सदस्यमध्ये सबभन्दा परिपक्व र शालीन नेता भएको भए पनि मुख्यमन्त्री पोखरेलले गठबन्धनको नेतृत्व गरेकाले विश्वासको मत दिन नसक्ने बताए । तर पोखरेलले अवसरवादीलाई लिएर सरकार बनाएकाले विश्वासको मत दिन नसक्ने उनको भनाइ थियो ।
‘उहाँलाई म विश्वासको मत दिन्नँ भन्न गाह्रो भयो । कृष्णचन्द्रलाई दिनुहोस् भन्नुभएको होइन । मेरो नेतृत्वमा बनेको सरकारलाई भन्नुभएको छ,’ गुरुङले भने, ‘जुन धरातलमा अवसरवादीहरुको गठबन्धन भएको छ, त्यो गठबन्धनलाई एमालेले विश्वासको मत दिन सक्दैन ।’
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो