गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको नाम तमुवान राखे आफ्नो सरकार जोगाइदिने प्रस्ताव आएको दाबी गरेका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सदनमा राखेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफल गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
फूलाई संसदको एउटा दलले त्यस्तो अफर गरे पनि आफूले नस्विकारेको उनले बताए । कुन पार्टी हो भन्ने बारे उनले केही खुलाएनन् । ‘यो समीकरण बनाउने बेला धेरै साथीहरुसँग कुरा ग¥र्यौं ।‘एउटा पार्टीले मलाई भन्यो, तैँले चाहिँ गण्डकीको नाम तमुवान राख्न सक्छस् भने तेरो सरकार बचाउँछौ । मैले चाहिँदैन, यो बाटोमा म हिँड्न सक्दिन । मैले यही भन्या हो ।’
जातीय सद्भाव, सांस्कृतिक सद्भाव र सामाजिक सद्भाव जोगाउने सबैको कर्तव्य रहेको उल्लेख गर्दै त्यसलाई कसैले भत्काउन खोजे आफूहरू चुप लागेर नबस्ने र सशक्त प्रतिवादमा उत्रिने चेतावनी समेत दिए।
जातीय सद्भाव कायम गर्ने उद्देश्यले नै सबै पार्टीसँगको छलफलमा प्रदेशको नाम गण्डकी नामाकरण गरिएको स्मरण गर्दै उनले सानो दु:खले गण्डकी प्रदेश नबनेको भन्दै जातीय सद्भाव र सांस्कृतिक सद्भाव गण्डकी प्रदेशको ठुलो सम्पत्ति रहेको र त्यसलाई बचाउनुपर्ने बताए।
व्यक्तिगत रूपमा मुख्यमन्त्री पोखरेल राजनीतिक इतिहास बोकेको परिवारबाट आएको र प्रदेशसभामा रहेका ५९ सदस्यमध्ये सबभन्दा परिपक्व र शालीन नेता भएको भए पनि मुख्यमन्त्री पोखरेलले गठबन्धनको नेतृत्व गरेकाले विश्वासको मत दिन नसक्ने बताए । तर पोखरेलले अवसरवादीलाई लिएर सरकार बनाएकाले विश्वासको मत दिन नसक्ने उनको भनाइ थियो ।
‘उहाँलाई म विश्वासको मत दिन्नँ भन्न गाह्रो भयो । कृष्णचन्द्रलाई दिनुहोस् भन्नुभएको होइन । मेरो नेतृत्वमा बनेको सरकारलाई भन्नुभएको छ,’ गुरुङले भने, ‘जुन धरातलमा अवसरवादीहरुको गठबन्धन भएको छ, त्यो गठबन्धनलाई एमालेले विश्वासको मत दिन सक्दैन ।’
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’